६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

वेम्बलीमै रचियो अर्को नेपथ्य इतिहास

वेम्बलीमै रचियो अर्को नेपथ्य इतिहास
अ+ अ-

लन्डन:नेपथ्यले १२ वर्षअघि जुन हलमा मानक खडा गरेको थियो, त्यही हलमा अझ ठूलो सफलतासाथ ब्यान्डले नयाँ इतिहास रचना गरेको छ । बेलायतको सुप्रसिद्ध वेम्बली एरिनामा शनिबार बेलुकी खचाखच १० हजार दर्शकमाझ नेपथ्यले भव्य प्रस्तुति दिएको छ ।

विश्वकै व्यस्त सहरमा आयोजित कन्सर्टलाई दर्शकले उत्सव जस्तै बनाए र त्यसमा उनीहरू सुरुदेखि अन्त्य सम्मै रमाए ।

कन्सर्टको माहोल बुझ्न दर्शक मन्जरी दवाडी (फेसबुकमा एन्जल मन्जरी) कै भिडियो पोस्टहरू पर्याप्त छन् । भिडियो पोस्टमा उनी हलबाहिर विशाल परिसरको वातावरण र लामबद्ध दर्शक देखाउँछिन् । त्यसपछि हलभित्र दर्शकको अपार उपस्थिति देखेर उनमा उत्साह पनि बढ्दै जान्छ । कन्सर्ट सुरु हुनै लाग्दा प्रस्तुत म्युजिक भिडियोमा बजेको ‘सा कर्णाली’ गीत सुनेपछि र अघिल्तिर नेपालका दृश्यहरू देखेपछि मन थाम्न सक्दिनन्– आँसु बग्छ । त्यसपछि कन्सर्टभरि उनी गीत सुनेर रमाउँछिन् । स्वदेशबाट बाहिरिएका तन्नेरीका लागि नेपाल, नेपाली गीत र नेपथ्यले कति महत्त्व राख्छ भन्ने ज्वलन्त उदाहरण उनका पोस्टहरूमा बगेका सरल र हृदयस्पर्शी भिडियो बन्न पुगेका छन् ।

सदाझैँ घडी देखाएर तोकिएको समयमै सुरु भएको कन्सर्टमा ब्यान्डले पहिलो सौगात ‘कोशीको पानी’ प्रस्तुत गरेको थियो ।

चौथो क्रम मा थियो ‘आँगनैभरि’ ।

नेपथ्य स्थापना हुनुभन्दा निकै पहिले गायक अमृत गुरुङले यस गीतलाई कास्कीको याङ्जाकोटमा बस्दा रचना गरेका थिए । त्यस गाउँमा बास दिने बाल्यकालका साथी पुस्कल गुरुङ यस गीतको रचनाका साक्षी पनि हुन् ।
लन्डनमा शनिबार यो गीत प्रस्तुत भइरहँदा दर्शकदीर्घामा पुस्कल पनि उपस्थित थिए । ‘गाउँमा आफ्नै अघिल्तिर गितार बजाउँदै अमृतले तयार पारेको यस गीतले झन्डै ३५ वर्षपछि पनि लन्डनको यस्तो भव्य समारोहमा मेरै सामुन्ने यति मानिसलाई मग्न बनाउला भन्ने त कल्पनामा पनि थिएन,’ स्वास्थका कारण नेत्रज्योति गुमाउँदै गएका पुस्कल भावुक हुँदै भनिरहेका थिए, ‘वेम्बलीमा शनिबार इतिहास रचिएको छ । त्यो इतिहासको साक्षी बन्न पाउँदा म धन्य महसुस गर्दै छु ।’

गायक अमृतले कन्सर्टमा गीत मात्र प्रस्तुत गरेनन्, गीत सङ्कलनको अनुभव सुनाए, नेपाली भाषा र संस्कृति जगेर्नाका लागि प्रेरित गरे, स्वदेशको महिमा बयान गर्दै बिदेसिएका तन्नेरीलाई स्वदेशसँग जोड्ने किसिमको आह्वान पनि गरे। ‘समाजका विषयमा मनमा लागेका कुरा बोलिरहँदा दर्शकबाट जहिले पनि उत्साहसाथ समर्थन पाउँदै आएको छु,’ अमृत भन्छन्, ‘लन्डनको यति ठूलो दर्शक घेराले तिनै कुरालाई चर्को आवाजसहित मन पराइदिँदा छाती सगरमाथाजस्तै अग्लो र बलियो भएको महसुस गरेँ ।’

कन्सर्टको अर्को महत्त्वपूर्ण पक्ष दर्शकबाट आएको ‘वान्स मोर’ लाई ब्यान्डले अस्वीकार गर्न नसक्नु रह्यो । अन्तिम प्रस्तुति ‘रातो र चन्द्रसुर्जे’ प्रस्तुत गरेपछि ब्यान्ड मञ्चबाट बिदा हुने परम्पराजस्तै छ । तर शनिबार वेम्बलीमा दर्शकको अनुरोधलाई सम्मान गर्दै ब्यान्डले थप प्रस्तुतिका रूपमा ‘हिमाल चुचुरे’ सुनायो ।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘विश्वप्रसिद्ध वेम्बलीमा नेपथ्यलाई उभ्याउने योजना १२ वर्षपहिले नै कोसेढुङ्गाका रूपमा सफल भइसकेको थियो,’ ब्यान्डलाई व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘आज फेरि नेपथ्यले यसै हलबाट पुरानो मानकलाई छिचोलेको मात्र छैन, सम्भवतः नेपाली सङ्गीतकै इतिहासमा बन्द हलभित्र पहिलोपटक यति धेरै दर्शक जुटाउन सफल भएका छौँ ।’

कन्सर्ट हेर्न लण्डन सहर भन्दा निकै परका दर्शक पनि आएका थिए । तिनमा नेदरल्यान्ड्सदेखि सपरिवार आएका विल्को पनि थिए ।

हालै प्रकाशित नेपथ्यको जीवनी पुस्तकमा मेडिकल फिजिसिस्ट विल्कोबारे उल्लेख छ । गायक अमृतको स्वर सुक्दै गएपछि घाँटीको उपचारमा उचित सल्लाह सुझाव दिनेमध्ये विल्को पनि एक हुन् । १२ वर्षअघि वेम्बलीमै कन्सर्ट सकिएपछि ब्याकस्टेजमा अमृतले आफ्नो घाँटीले साथ दिन छाडेको हृदयविदारक अभिव्यक्ति दिँदा दुवै पुराना साथी एकअर्कालाई हेरेर भावुक बनेका थिए ।

‘तर यसपाला गजब भयो,’ शनिबारको कन्सर्ट हेरिसकेपछि विल्कोको प्रतिक्रिया थियो, ‘अमृतलाई उही पुरानै ऊर्जाका साथ मञ्चमा उफ्रँदै र नाच्दै गाइरहेको देख्दा खुसीको सीमा नै रहेन।’ विदेशमा बसोबास गर्दै आएका नेपालीलाई उनीहरूको दैलोसम्मै नेपाल लगिदिने अमृत र उनको टिमको योगदान प्रशंसनीय रहेको उनी बताउँछन् ।

यसपटकको वेम्बली यात्रा बेलायतकै ‘बीएसके इन्टरटेनमेन्ट’ र ‘पर्चा प्रोडक्सन’ ले आयोजना गरेका हुन् । ‘शो हेर्ने १० हजार दर्शकका लागि आजको साँझ जीवनकै अविस्मरणीय बनेको छ,’ आयोजक टोलीका दीपेन्द्र लामाको प्रतिक्रिया थियो, ‘वेम्बलीमा नेपथ्यको इतिहास यसरी भव्यतासाथ पुनर्लेखन गर्न सहयोग गर्नुभएका सबैप्रति आभार प्रकट गर्छु ।’
वेम्बली एरिनामा प्रस्तुतिलगत्तै नेपथ्य टोलीले अब युरोपको शृङ्खलाबद्ध यात्रा गर्दै छ । त्यस क्रममा अगस्त २३ मा डेनमार्कको राजधानी कोपेनहेगनमा नेपथ्य प्रस्तुत हुनेछ । त्यसपछि २७ तारिखमा माल्टाको आटार्ड, ३१ तारिखमा पोर्चुगलको लिस्बन हुँदै अन्तिममा सेप्टेम्बर ३ मा बेल्जियमको एन्थ्रोपेन सहरमा प्रस्तुत भएर यात्रा टुङ्गिनेछ ।

युरोपका दर्शकका लागि अनलाइनबाट सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत आफ्नो सिट सुरक्षित गर्न सक्नेछन् ।

फोटोहरु: दिपित राज / नेपालय