७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द कश्मीर फाइल्स’ले एकैदिनमा उठायो आफ्नो लगानी



अ+ अ-

एजेन्सी । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘द कश्मीर फाइल्स’ यतिबेला चर्चामा छ । 

‘द कश्मीर फाइल्स’ सिनेमा घरमा रिलिज हुनुअघि नै धेरै विवादहरूले घेरिएकोले लामो समयदेखि चर्चाको विषय बनेको थियो । रिलिज भएदेखि नै फिल्मले दैनिक रुपमा अपेक्षाभन्दा राम्रो व्यापार गरिरहेको छ । यसै क्रममा चलचित्रले आइतबार पनि बक्स कलेक्सनमा नयाँ स्थान हासिल गरेको छ ।

आइतबारको कलेक्सन हेर्दा विवेक रञ्जन अग्निहोत्रीको यो फिल्मले छुट्टीको पूरा फाइदा उठाएको छ । फिल्मले आइतबार करिब १४ करोड कमाएको छ, जुन आफैमा कीर्तिमान समेत हो ।

आइतबारको कमाईपछि ‘द कश्मीर फाइल्स’ कोरोना अवधिको पहिलो ब्लकबस्टर फिल्म बनेको छ । १४ करोडको लागतमा बनेको फिल्मले पहिलो दिन अर्थात शुक्रबार ३.२५ करोड कमाएको थियो । त्यस्तै, शनिबार आफ्नो कमाई शतप्रतिशत बढाउँदै ८.२५ करोड कलेक्सन गर्यो । 

विवेक अग्निहोत्रीले निर्देशन गरेको यस फिल्ममा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशीलगायतको अभिनय रहेको छ । फिल्मले कश्मीरी पण्डितमाथि हुने अत्याचारको कथालाई चित्रण गरेको छ ।