५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द कश्मीर फाइल्स’ले एकैदिनमा उठायो आफ्नो लगानी



अ+ अ-

एजेन्सी । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘द कश्मीर फाइल्स’ यतिबेला चर्चामा छ । 

‘द कश्मीर फाइल्स’ सिनेमा घरमा रिलिज हुनुअघि नै धेरै विवादहरूले घेरिएकोले लामो समयदेखि चर्चाको विषय बनेको थियो । रिलिज भएदेखि नै फिल्मले दैनिक रुपमा अपेक्षाभन्दा राम्रो व्यापार गरिरहेको छ । यसै क्रममा चलचित्रले आइतबार पनि बक्स कलेक्सनमा नयाँ स्थान हासिल गरेको छ ।

आइतबारको कलेक्सन हेर्दा विवेक रञ्जन अग्निहोत्रीको यो फिल्मले छुट्टीको पूरा फाइदा उठाएको छ । फिल्मले आइतबार करिब १४ करोड कमाएको छ, जुन आफैमा कीर्तिमान समेत हो ।

आइतबारको कमाईपछि ‘द कश्मीर फाइल्स’ कोरोना अवधिको पहिलो ब्लकबस्टर फिल्म बनेको छ । १४ करोडको लागतमा बनेको फिल्मले पहिलो दिन अर्थात शुक्रबार ३.२५ करोड कमाएको थियो । त्यस्तै, शनिबार आफ्नो कमाई शतप्रतिशत बढाउँदै ८.२५ करोड कलेक्सन गर्यो । 

विवेक अग्निहोत्रीले निर्देशन गरेको यस फिल्ममा मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशीलगायतको अभिनय रहेको छ । फिल्मले कश्मीरी पण्डितमाथि हुने अत्याचारको कथालाई चित्रण गरेको छ ।