काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको जारी अक्सनमा नेपाली राष्ट्रिय टिमका बायाँ हाते स्पिनर सूर्य तामाङ विराटनगर किंग्समा आबद्ध भएका छन् ।
ए क्याटगोरीमा रहेका बागमती प्रदेशका बायाँ हाते स्पिनर तामाङलाई विराटनगरले १० लाखमा किनेको हो।
उनले पहिलो सिजनमा लुम्बिनी लायन्सबाट खेलेका थिए ।










