२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक आह्वान



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

पार्टीभित्र विवाद चर्किएका बेला एकीकृत समाजवादीले तीनै तहका बैठक बोलाएको हो ।

एकीकृत समाजवादीले आगामी भदौ ४ गते स्थायी कमिटी बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा बस्ने छ ।

यसैगरी भदौ ५ गते पोलिटब्यूरो बैठक पनि पार्टी कार्यालयमै आह्वान गरिएको छ ।

यता भदौ ७ र ८ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठक भने सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा बस्ने भएको हो ।