२२ मंसिर २०८२, सोमबार
,
Latest
न्यायको जीत भएको कार्यकारी निर्देशक शाक्यको भनाइ ‘जेनजी’ प्रदर्शनका क्रममा भागेका एक व्यक्ति पक्राउ जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी जारी अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनी नेता जेलेन्स्कीको आलोचना, युरोपेली सहयोगीसँग भेट्दै मुख्यमन्त्री शाह र अर्थमन्त्री खनालबीच भेट भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको रक्षा अहिलेको मुख्य राजनीतिक मुद्दाः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौं ।गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढंगले अगाडि बढाउनु आजको राजनीतिक विषय भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा आवद्ध गरेको भन्दै देशमा रहेका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढंगले विभिन्न स्थानहरुमा प्रतिनिधित्व गराएर एउटा समावेशी चरित्रको राज्य निर्माण गर्ने काम अहिलेको संविधानले गरेको जिकिर गर्नुभयो ।

अहिलेको संविधान नेपाली काँग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको बताउनु भयो । आजको मुख्य राजनीतिक मुद्दा भनेको यो संविधानको रक्षा भएको बताउनु भयो । नेपाली काँग्रेस र नेपाली काँग्रेस समेत समावेश भएको सरकारले संविधानको रक्षा, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरालाई सुदृढ, रक्षा गर्ने र संविधानको कार्यान्वयन गर्ने कुरामा हामी दृढताका साथ अघि बढेको दाबी गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामी सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा आवद्ध गरेको छ । देशमा रहेका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढंगले विभिन्न स्थानहरुमा प्रतिनिधित्व गराएर एउटा समावेशी चरित्रको राज्य निर्माण गर्ने काम अहिलेको संविधानले गरेको छ । यो संविधान नेपाली काँग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको छ । आजको मुख्य राजनीतिक मुद्दा भनेको यो संविधानको रक्षा गर्नु हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढंगले अगाडि बढाउनुपर्ने, सुदृढ गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने आजको मुख्य राजनीतिक विषय हो । नेपाली काँग्रेस र नेपाली काँग्रेस समेत समावेश भएको सरकारले यो संविधानको रक्षा, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरालाई सुदृढ, रक्षा गर्ने र संविधानको कार्यान्वयन गर्ने कुरामा हामी दृढताका साथ अघि बढेका छौँ ।’

गृहमन्त्री लेखकले वर्तमान सरकारले संविधानको रक्षाको विषयलाई दृढताका साथ अघि बढेको बताउनु भयो ।