२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

संविधानको रक्षा अहिलेको मुख्य राजनीतिक मुद्दाः गृहमन्त्री लेखक

संविधानको रक्षा अहिलेको मुख्य राजनीतिक मुद्दाः गृहमन्त्री लेखक
अ अ+ अ-

काठमाडौं ।गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढंगले अगाडि बढाउनु आजको राजनीतिक विषय भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा आवद्ध गरेको भन्दै देशमा रहेका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढंगले विभिन्न स्थानहरुमा प्रतिनिधित्व गराएर एउटा समावेशी चरित्रको राज्य निर्माण गर्ने काम अहिलेको संविधानले गरेको जिकिर गर्नुभयो ।

अहिलेको संविधान नेपाली काँग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको बताउनु भयो । आजको मुख्य राजनीतिक मुद्दा भनेको यो संविधानको रक्षा भएको बताउनु भयो । नेपाली काँग्रेस र नेपाली काँग्रेस समेत समावेश भएको सरकारले संविधानको रक्षा, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरालाई सुदृढ, रक्षा गर्ने र संविधानको कार्यान्वयन गर्ने कुरामा हामी दृढताका साथ अघि बढेको दाबी गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘हामी सबैलाई राष्ट्रियताको भावनाले एक सूत्रमा आवद्ध गरेको छ । देशमा रहेका सबै धर्म, जातजाति, समुदाय, वर्ण, लिङ्ग भूगोललाई उचित ढंगले विभिन्न स्थानहरुमा प्रतिनिधित्व गराएर एउटा समावेशी चरित्रको राज्य निर्माण गर्ने काम अहिलेको संविधानले गरेको छ । यो संविधान नेपाली काँग्रेसको नेतृत्वमा बनेको हुनाले संविधानले समग्रमा संघीय गणतन्त्रात्मक राज्य व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने काम भएको छ । आजको मुख्य राजनीतिक मुद्दा भनेको यो संविधानको रक्षा गर्नु हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्यलाई थप उन्नत ढंगले अगाडि बढाउनुपर्ने, सुदृढ गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने आजको मुख्य राजनीतिक विषय हो । नेपाली काँग्रेस र नेपाली काँग्रेस समेत समावेश भएको सरकारले यो संविधानको रक्षा, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरालाई सुदृढ, रक्षा गर्ने र संविधानको कार्यान्वयन गर्ने कुरामा हामी दृढताका साथ अघि बढेका छौँ ।’

गृहमन्त्री लेखकले वर्तमान सरकारले संविधानको रक्षाको विषयलाई दृढताका साथ अघि बढेको बताउनु भयो ।