१ भाद्र २०८३, सोमबार
,
Latest
आर्थिक सहयोग जुटाएर बेनीमा आँखा उपचार केन्द्र भवन निर्माण मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै चुनावी वाचा सम्झाउने मतदातालाई गृहमन्त्री गुरुङको जवाफ– ‘भोट फिर्ता लैजानुस्, नभए पाँच वर्ष काम गर्न… चितवनमा विद्यालयका सवारीसाधनको गति ४० किलोमिटरमा सीमित, १५ दिनभित्र गति नियन्त्रण उपकरण जडान गर्नुपर्ने महाकालीमा जलस्तर खतराको तह पार, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी रोक सबै स्थानीय तहमा ‘क्लाइमेट च्याम्पियन’ राख्न युवा सम्मेलनको माग, १० बुँदे घोषणा पत्र जारी ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय अनुशासन मौलाउँदा जनतामा निराशा बढ्योः सांसद केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा चरम रुपमा वित्तीय अनुशासनहीनता मौलाउँदै जाँदा जनतामा निराशा बढेर गएको बताउनुभएको छ ।

आज सार्वजिक लेखा समितिको बैठकमा १० ओटा मन्त्रालय ९१ प्रतिशत बेरुजु रहनुले मुलुकमा आर्थिक अनुशासनको धज्जी उडाइएको प्रष्ट हुने बताउनुभएको हो ।

उहाँकाअनुसार एकातिर मुलुक ग्रे लिस्टमा परेको छ भने अर्कोतिर भ्रष्टाचारको सूचकमा नेपालको अवस्था गम्भीर देखिँदै गएको छ । यसरी बढिरहेको वित्तिय अनुशासन हिन कार्यले  आम नागरिकमा निराशा बढेको सांसद केसीले बताउनु भयो । सांसद केसीले सबै बेरुजु भ्रष्टाचार नभएपनि ४० प्रतिशत भन्दा बढी बेरुजु भष्टाचारजन्य रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारजन्य बेरुजु घटाउन निर्ममतापूर्वक लाग्नुपर्ने बताउनु भयो ।

सांसद केसीले भन्नुभयो– ‘पछिल्लो तीन वर्षमा बेरुजु फछ्र्यौटको अंक घटेको छ, बेरुजु अंक बढ्नु  राम्रो होइन । प्रशासनिक मेरुदण्ड सचिवहरु यही हुनुहुन्छ । राजनीति दबाबले हो की, स्वार्थ प्रेरित हो की, जोखिम किन लिने भनेर हो, बेरुजु कम गर्न लाग्नुभएको छैन । यो देशको मुल समस्या वित्तीय अनुशासन हो । किन बेरुजुलाई कम गर्न लाग्नुभएको छैन ।’

सांसद केसीकाअनुसार बेरुजु घटाउन सचिवहरुको बारम्बार सरुवाका कारणले पनि समस्या पर्नसक्छ । हरेक वर्ष तीन पटक सचिवको सरुवा गरिनु ठिक नभएको बताउँदै सरुवका बारेमा लेखा समितिले समेत अब सरकारलाई निर्देशन दिनुपर्ने बेला आएको उहाँले बताउनु भयो । सांसद केसीले आर्थिक अनियमिततालाई हटाउन कर्मचारी संयन्त्र प्रभावकारी रुपमा लाग्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार एक्शन प्लान बनाएर लाग्नुपर्छ ।