२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय अनुशासन मौलाउँदा जनतामा निराशा बढ्योः सांसद केसी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा चरम रुपमा वित्तीय अनुशासनहीनता मौलाउँदै जाँदा जनतामा निराशा बढेर गएको बताउनुभएको छ ।

आज सार्वजिक लेखा समितिको बैठकमा १० ओटा मन्त्रालय ९१ प्रतिशत बेरुजु रहनुले मुलुकमा आर्थिक अनुशासनको धज्जी उडाइएको प्रष्ट हुने बताउनुभएको हो ।

उहाँकाअनुसार एकातिर मुलुक ग्रे लिस्टमा परेको छ भने अर्कोतिर भ्रष्टाचारको सूचकमा नेपालको अवस्था गम्भीर देखिँदै गएको छ । यसरी बढिरहेको वित्तिय अनुशासन हिन कार्यले  आम नागरिकमा निराशा बढेको सांसद केसीले बताउनु भयो । सांसद केसीले सबै बेरुजु भ्रष्टाचार नभएपनि ४० प्रतिशत भन्दा बढी बेरुजु भष्टाचारजन्य रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारजन्य बेरुजु घटाउन निर्ममतापूर्वक लाग्नुपर्ने बताउनु भयो ।

सांसद केसीले भन्नुभयो– ‘पछिल्लो तीन वर्षमा बेरुजु फछ्र्यौटको अंक घटेको छ, बेरुजु अंक बढ्नु  राम्रो होइन । प्रशासनिक मेरुदण्ड सचिवहरु यही हुनुहुन्छ । राजनीति दबाबले हो की, स्वार्थ प्रेरित हो की, जोखिम किन लिने भनेर हो, बेरुजु कम गर्न लाग्नुभएको छैन । यो देशको मुल समस्या वित्तीय अनुशासन हो । किन बेरुजुलाई कम गर्न लाग्नुभएको छैन ।’

सांसद केसीकाअनुसार बेरुजु घटाउन सचिवहरुको बारम्बार सरुवाका कारणले पनि समस्या पर्नसक्छ । हरेक वर्ष तीन पटक सचिवको सरुवा गरिनु ठिक नभएको बताउँदै सरुवका बारेमा लेखा समितिले समेत अब सरकारलाई निर्देशन दिनुपर्ने बेला आएको उहाँले बताउनु भयो । सांसद केसीले आर्थिक अनियमिततालाई हटाउन कर्मचारी संयन्त्र प्रभावकारी रुपमा लाग्नुपर्ने बताउनु भयो । उहाँकाअनुसार एक्शन प्लान बनाएर लाग्नुपर्छ ।