२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

राजनीतिक नेतृत्वले सचिवहरुलाई पंगु बनायोः सांसद सिंह

राजनीतिक नेतृत्वले सचिवहरुलाई पंगु बनायोः सांसद सिंह
अ अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पछिल्लो समय मुलुकमा राजनीतिक नेतृत्वले नै कर्मचारीलाई पंगु बनाएको बताउनुभएको छ ।

शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा कर्मचारीलाई राजनीतिक नेतृत्वले बिगारेको बताउनु भयो । उहाँकाअनुसार अहिले सचिवहरुले मन्त्रीको भनेको बाहेक अरु केही काम नै गर्दैनन् भने मन्त्रीको क्वाटर क्वाटरमा सचिवहरु धाउने प्रवृत्ति मौलाएको छ । सांसद सिंहले देश र व्यवस्था बचाउने जिम्मा कर्मचारीतन्त्रको आएका कारण मन्त्रीको ‘गोटी’ नबन्न आग्रह गर्नुभयो ।

सांसद सिंहले भन्नुभयो–‘सचिवहरुले आत्मसम्मान गुमाउनु भएको छ । राजनीति नेतृत्वले नै सचिवलाई पंगु बनायो । मलाइ थाहा छ भ्रष्टाचारका काण्डमा साना कर्मचारी फसिरहेका छन् । तर पनि देश र व्यवस्था बचाउने जिम्मा यहाँहरुको काँधमा आएको छ, देश बचाइदिनुस्, व्यवस्था बचाइदिनुस् ।’

सांसद सिंहकाअनुसार अहिले मुलुकमा मिलेमत्तोमा भ्रष्टाचार बढेको छ । जसकारण प्रत्येक वर्ष बेरुजु मौलाएको छ । नेपालमा जति लुट अहिले दुनियाँमा अन्त्य कही नरहेको समेत उहाँले ठोकुवा गर्नुभयो । सांसद सिंहकाअनुसार प्रदेश भ्रष्टाचारका अखडा बनेका छन् । साधारण खर्चमा एशिया टपमा नेपाल पर्न थालेको छ । मुलुकमा जति भ्रष्टाचार बेथिति बढ्छ, झनै देश छाड्नेहरु बढ्ने उहाँको भनाइ रहेको छ ।