३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाबाट जलस्रोत विधेयक पारित



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘जलस्रोत विधेयक, २०८१’लाई सवसम्मतिले पारित गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो ।

छलफलमा सांसदहरु विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले सो विधेयकका विभिन्न पक्षमा आफ्नो धारणा राख्नुभएको थियो ।

सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले जलस्रोतको उपयोग, व्यवस्थापन गर्ने उद्देश्यका साथ जलस्रोत विधेयक प्रस्तुत गरिएको बताउनुभयो । उहाँले संविधानमा नै समावेशीताको प्रबन्ध भएकाले विधेयकमा दलितलगायतका विषय उल्लेख गर्नु नपर्ने सबै सदस्यको धारणा रहेकाले सोही अनुसार गरिएको बताउनुभयो । विधेयकमा उल्लेख भएको बाँधको सुरक्षाको विषयलाई थप प्रष्ट पारिएको उहाँले बताउनुभयो ।

यस्तै, यही साउन ५ गते ८५ वर्षको उमेरमा निधन हुनुभएका प्रतिनिधिसभाका पूर्व सदस्य खगराज शर्माको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही साउन २७ गते मङ्गलबार दिउँसो १ः१५ बजे बस्नेछ ।