काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निर्माणाधीन नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न दुई चरणमा काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले असार १७ देखि साउन १५ सम्मको प्रगति ३.३० प्रतिशत मात्रै रहेकाले त्यो कति सन्तोषजनक हो ? भन्ने उहाँको प्रश्न छ । उहाँले पहिलादेखि नै काम सम्पन्न गर्ने भनेपनि समयमा काम नसकिरहेको बताउनु भयो । समय मात्रै थप गर्ने कुराले अझै पनि समयमै काम सम्पन्न हुनेमा आशंका व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘असार १७ देखि साउन १५ सम्मको प्रगति ३.३० प्रतिशत प्रगति भएको छ भन्नुभएको छ । कति हुनुपर्ने हो । हामीले पहिलादेखि नै भनिरहेका छौँ । यो समयमा काम हुन सकेको छैन । कागजमा मात्रै भयो । काम समयमा हुन नसकेपछि अब दुई चरणमा गर्ने, तीन चरण गर्ने भन्ने सरकारले सोचिरहेको छ होला भन्दा पनि संशोधित भन्नेकुराले हुन्छ की हुँदैन भन्ने आशंका भयो । जति कुरा गरेपनि छिटो काम भएन ।’
प्रमुख सचेतक पाण्डेले के गर्दा सरकारलाई सहयोग हुन्छ त्यो काम गर्न संसदीय समिति सचेत रहेको बताउनु भयो ।










