काठमाडौं। न्याय परिषदले उच्च अदालतका लागि २७ जना न्यायाधीश सिफारिस गरेको छ। बिहीबार साँझ सम्पन्न परिषदको बैठकले रिक्त रहेका पदहरू पूर्ति गर्न न्यायाधीशको सिफारिस गरेको हो।
सिफारिस गरिएका व्यक्तिहरूमध्ये अधिकांश हाल जिल्ला अदालतमा कार्यरत न्यायाधीशहरू रहेका छन्। यद्यपि, उच्च अदालतका लागि दुई मुख्य न्यायाधीश र सर्वोच्च अदालतका एक न्यायाधीश नियुक्तिमा भने सहमति जुट्न नसकेको परिषद स्रोतले जनाएको छ।
परिषद सदस्यका अनुसार रिक्त मुख्य न्यायाधीश पदमा सिफारिसको टुंगो लाग्न नसक्दा त्यससम्बन्धी निर्णय आउन बाँकी छ।










