१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

सुरु भयो सिआन-काठमाडौं कार्गो रेल सेवा

सुरु भयो सिआन-काठमाडौं कार्गो रेल सेवा
अ अ+ अ-

बेइजिङ । चीनले पल्लो सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु गरेको छ । कार्गो रेल शुक्रबार बिहान सिआनको सिन्चु स्टेसनबाट प्रस्थान गरेको छ ।चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार निर्माण सामग्री, लत्ताकपडालगायतका सामान बोकेको कार्गो रेल तिब्बतको सिगात्सेसम्म पुग्नेछ । त्यहाँबाट ट्रकले केरुङ नाका हुँदै मालसामान काठमाडौं पुर्‍याउनेछ । यसमा ८ दिन लाग्नेछ ।

पल्लो सान्सी प्रान्तले ‘छाङआन’ कार्गो रेलपछि दक्षिण एसिया लक्षित मालवाहक रेल सञ्चालन गरेको यो पहिलोपटक हो । चिनियाँ रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेडको सिआन पश्चिम रेलवे स्टेसनले काठमाडौं पुग्ने नयाँ गन्तव्य स्टेसन सुरु गरेको जनाएको छ । चाइना रेलवे सिआन ब्युरो ग्रुप कर्पोरेसन लिमिटेड र चाइना रेलवे कन्टेनर ट्रान्सपोर्टेसन लिमिटेडले संयुक्त रूपमा कार्गो रेल संयोजन गरिएको हो । अधिकारीहरूका अनुसार यो इन्टरमोडल प्रणालीमा चल्छ । परम्परागत अटोमोबाइल र समुद्री ढुवानीको मोडलको तुलनामा यसबाट समयावधि छोटो हुन्छ भने लजिस्टिक खर्च पनि घट्छ ।

सिआन र अन्य क्षेत्रबीच सिधा जोड्ने कार्गो रेल सञ्चालन भइरहेका बेला सिआनदेखि काठमाडौंसम्म सुरु भएको कार्गो रेलले सिआन र दक्षिण एसियाली व्यापारिक सम्पर्क स्थापित भएको छ । यसबाट चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभको गतिविधिले मूर्तरूप लिने भएको छ । कान्तिपुर दैनिक