२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकतान्त्रिक व्यवस्था बाहिर गएर कुनैपनि कानून बन्दैनः मन्त्री चौरसिया



अ+ अ-

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले लोकतान्त्रिक व्यवस्था बाहिर गएर कुनैपनि कानून नबन्ने बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सञ्चारमाध्यमहरु अब जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने कानून बनाउन लाग्नुभएको हो भन्ने सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले कुनैपनि कानून लोकतान्त्रिक व्यवस्था भन्दा बाहिर त्यो सिद्धान्त भन्दा बाहिर गएर नआउने बताउनु भयो । त्यस्तो प्रावधान राखिएको भए सच्याउन सकिने बताउनु भयो । यसबारेमा एक पटक सञ्चारमन्त्रीसँग कुरा गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि कानून लोकतान्त्रिक व्यवस्था भन्दा बाहिर त्यो सिद्धान्त भन्दा बाहिर गएर आउँदैन । आएको रहेछ भने हेरौँला । एक पटक सञ्चारमन्त्रीजीसँग कुरा गर्नुहोला । उहाँले ल्याउनुभएको कुरा कसरी आउँछ, उहाँलाई थाहा नभएर ?’

मन्त्रीपरिषद्बाट पारित भएर संसदमा पुगेपछि मात्रै कानून मन्त्रालय जवाफदेही बन्ने बताउनु भयो ।