१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो

अभिलेखालयमा अझै पुगेन नेपालको नयाँ नक्सा

अभिलेखालयमा अझै पुगेन नेपालको नयाँ नक्सा
अ अ+ अ-

नेपालको महत्वपूर्ण सामग्री संरक्षण गर्ने दायित्व बोकेको राष्ट्रिय अभिलेखालयमा हालसम्म मुलुकको नयाँ नक्सा पुगेको छैन । अभिलेखालयले सक्कल नक्सा नपाएपछि नयाँ नक्सा पाऊँ भनेर पत्र लेख्ने तयारी गर्दै छ । अभिलेखालयले नै उपलव्ध गराएको प्रमाणका आधारमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर राजनीतिक र प्रशासनिक नक्सा तयार पारेको सरकारले नक्सा सार्वजनिक भएको एक साता पुग्दा पनि अभिलेखालयलाई उपलब्ध गराएको छैन । यही जेठ ४ गते सार्वजनिक भएको नयाँ नक्सा अभिलेखालयले नपाएको बताएको हो । राष्ट्रिय अभिलेखालयका प्रमुख शौभाग्य प्रधानाङ्गले केही दिन अझै कुर्ने र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेख्ने बताउनुभयो । अभिलेखालयमा नेपालको सन्धि–सम्झौता, सिमाना, नेपालको संविधानलगायत महत्वपूर्ण सामग्री वातानुकूूलितरूपमा संरक्षण गरी राखेको छ ।

यसअघिका सरकारले भारतले तयार गरी नेपाललाई हन्तान्तरण गरेको नक्सा मात्र अभिलेखालयमा छ । ‘हामीसँग पुरानो नक्सा नभएको होइन, भएका सबै नक्सा सार्वजनिक नगर्ने छापसहित राखिएका छन् ।’ –प्रधानाङगले भने । अभिलेखालयमा एकीकृत गरिएको सीमास्तम्भको नक्सासमेत उपलब्ध गराइएको छैन । एउटै नभएर छुट्टाछुट्टै सीमास्तम्भको नक्सा छन् । नेपालको नयाँ नक्सा सुरक्षित गर्ने दायित्व अभिलेखालयको भएकाले सरकारले नक्सा उपलब्ध गराउनुको विकल्प छैन ।

अभिलेखालयमा सातौं शताब्दीदेखि हालसम्मको डकुमेन्ट सुरक्षित छ । करिब ३० हजार हस्तलिखित, ११औं १२औं शताब्दीदेखि १९औं शताब्दीसम्मका इतिहास धर्म र संस्कृतिसँग सम्बन्धित तिब्बती लिपि एवं भाषाका करिब ८ हजार हस्तलिखित एवं ब्लकप्रिन्ट ग्रन्थ छन् ।

त्यस्तै राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, देशका विभिन्न भू–भागमा अवस्थित मठ–मन्दिर तथा गुम्बाहरू तथा विभिन्न व्यक्तिको निजी संग्रहमा संरक्षित मूल ग्रन्थहरूको माइक्रोफिल्म गरी संग्रह छ । नेपाल समाचारपत्र दैनिक