२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी क्षेत्रको काम अपेक्षाकृत छैनः मन्त्री पाण्डे



अ+ अ-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले लुम्बिनी क्षेत्र विकास कोषको कार्यप्रगति अपेक्षाकृत हुन नसकेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाँले काम निरन्तर भइरहेको तर अपेक्षाअनुसार हुन नसकेको बताउनु भयो । आगामी दिनमा अझ गतिका साथ काम अघि बढाउने बताउनु भयो । आफूले लुम्बिनी क्षेत्रको विकासका लागि कुनै राजनीतिक आग्रह र पूर्वाग्रह नराखि काम गरेको बताउनु भयो । लुम्बिनीमा केही भूराजनीतिक गतिविधिहरु पनि व्यहोर्नुपर्ने रहेकाले त्यसको पनि समाधान गरेर अघि बढ्न जरुरी देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काम भएको छ । निरन्तर अघि बढेको छ । तर हाम्रो अपेक्षाअनुसार भएको छैन । हामीले लुम्बिनीलाई जसरी सोचिरहेका छौँ, त्यो अपेक्षाअनुसार भएको छैन । अझ गति दिनुपर्नेछ । आगामी दिनमा यसलाई गति दिँदै अगाडि बढ्छौँ । कुनै राजनीतिक आग्रह, पूर्वाग्रह नराखिकन मैले सहयोग गरिरहेको छु । तत्काल गर्नुपर्ने कामको सन्दर्भमा ऐन नै परिवर्तन गर्नुपर्नेछ । त्यहाँ केही भूराजनीतिक गतिविधि व्यहोर्नुपर्ने हुँदो रहेछ । त्यसका प्रभावहरु स्थानीय तहसम्म देखिन्छन् । त्यहाँ सधैँ सरोकारवाला महाअभियान भन्ने छ, उसको आन्दोलन चलिरहेको हुन्छ ।’ 

समितिको बैठकमा बुधवार लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल भएको हो ।