२२ भाद्र २०८३, सोमबार
,
Latest
एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीको रामधुनी मन्दिर जोड्ने खोलामा पुल निर्माण गर्न सांसद आचार्यको माग



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले सुनसरीको रामधुनी मन्दिर जोड्ने दशगिजा खोलामा पुल बनाउन सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार बसेको प्रतिनिधि सभाको शुुन्य समयमा बोल्दै सांसद आचार्यले सो माग गर्नुभएको हो । रामधुनी नगरपालिका –२ भुमरीचोकबाट धमौरा कुम्याई हुँदै रामधुनी मन्दिर जाने बाटोमा पर्ने दशगिजा खोला र सोही बाटोमा पर्ने पिचराह खोलामा पुल निर्माण गर्न उहाँले माग गर्नुभएको छ । उक्त खोलामा पुल निर्माणको लागी डिपिआर तयार भईसकेकोले तुरुन्तै ठेक्का लगाई काम अगाडी बढाउन उहाँले आग्रह गर्नुुभयो ।

मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरि तत्काल काम अगाडी बढाउन उहाँले माग गर्नुुभयो । उहाँले सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर २ को तित्लीवनबाट वडा नम्बर ९ सितपुर हुँदै वडा नम्बर ८ वडा कार्यलय जाने बाटोमा पर्ने दशगीजा खोलामा पनि पुल निर्माण कार्र्य अलपत्र परेको बताउनु भयो । पुल निर्माणको लागी ठेक्का लागेर ठेकेदारले केही काम गरेपनि बीचमा अलपत्र पारेर छाडेको थियो । उहाँकाअनुसार ठेकेदारले काम नगरेपछि पुल निर्माणको ठेक्का रद्ध गरिएको छ । सो पुल निर्माणको लागी यथाशिघ्र ठेक्का लगाउन उहाँले सरकारसँग माग गर्नु भएको छ ।

उहाँले भन्नुभयो, ‘सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नम्बर २ को तित्लीवनबाट वडा नम्बर ९ सितपुर हुँदै वडा नम्बर ८ वडा कार्यलय जाने वाटोमा पर्ने दशगिजा खोलामा पुल निर्माण गर्र्ने ठेक्का लागी केही काम भएको र पछि ठेकेदारले समयमा काम नगर्दा ठेक्का रद्ध गरि काम अधुरो रहन गएकोमा सो काम पुन ठेक्का लगार्ई यथाशिघ्र अगाडी बढार्ईयोस् । रामधुनी नगरपालिका दुई भमरीचोकबाट धमौरा कुम्याई हुँदै रामधुनी मन्दिर जाने बाटोमा पर्ने दशगिजा खोला र सोही बाटोमा पर्ने पिचराह खोला वा अमाहा खोलामा पुल निर्माणको लागी डिपिआर तयार भईसकेको र त्यहाँे मुख्य पर्यटकीय गन्तब्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले सो ठाउँमा तुरुन्तैै ठेक्का लगाई पुल निर्माणको काम अगाडी बढाईयोस । त्यसको लागी अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरि काम अगाडी बढाईयोस् भन्ने आग्रह गर्दछु ।’  

मुख्य पर्यटकीय गन्तव्य ऐतिहासिक रामधुनी जाने बाटो भएकोले पनि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरी तत्काल काम अगाडी बढाउन उहाँले माग गर्नुुभयो ।