२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

असफलता अन्त्य होइन, नयाँ सुरुवातको अवसर हो : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कक्षा १२ को परीक्षाफल प्रकाशित हु्ँदा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाइ दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालबाट उत्तीर्ण विद्यार्थीलाई बधाइ दिनुभएको हो । उहाँले अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरुप प्राप्त यो सफलताले भविष्यमा अझ उत्कृष्ट अवसरका ढोका खोल्ने विश्वासमेत व्यक्त गर्नुभएको छ ।

उहाँले परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरुलाई पनिसान्त्वना व्यक्त गर्नुभएको छ । ‘असफलता अन्त्य होइन, नयाँ सुरुवातको अवसर’, उहाँले भन्नुभएको छ, ‘अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतबाट भविष्यमा अझ उतकृष्ट नतिजा हासिल गर्न सकिन्छ ।’