२२ भाद्र २०८३, सोमबार
,
Latest
ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग ‘हिमालय एक तर साझा नियति’: नेपाल–भारत विपद् कुटनीतिको एक दशक ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनाहुँदा दुई जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालको पार्टीसँग एकता गर्नेबारे छलफल जारी छः माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकताका लागि छलफल भइरहेको बताएको छ ।

सोमवार पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्नि सापकोटाले यसबारे जानकारी गराउनुभएको हो ।

उहाँकाअनुसार नेत्रविक्रम चन्द नेतृत्को नेपाल कम्युनिष्ट पार्टी झैँ पार्टी एकता नै गर्ने निर्णय भने भइ सकेको छैन । तर पार्टी एकताका लागि छलफल अघि बढिरहेको छ । समाजवादी मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने लक्ष्य माओवादी केन्द्रको रहेको पनि प्रवक्ता सापकोटाले बताउनु भयो । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल समाजवादी मोर्चामा आउने सम्भावना रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माधवजीको पार्टीसँग पनि समाजवादी मोर्चामा उहाँ हुनुहुन्छ । त्यहाँ छलफल चलिरहेको छ । निष्कर्षमा पुगिसकेको छैन । छलफल चल्दैछ । हाम्रो पार्टीको तर्फबाट सकेसम्म मोर्चालाई नै पार्टी एकीकरणमा रुपान्तरण गर्ने प्रयत्न हुन्छ । ’

पार्टी एकतावद्ध भएर अघि बढ्ने कुरामा बैठक सकारात्मक रहेको बताउनु भयो ।