२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजपोलारकर्मी पुरीलाई पितृशोक



अ+ अ-

काठमाडौं । न्यूजपोलारकर्मी सुशील पुरीलाई पितृशोक परेको छ । उहाँका बुबा रामानन्द पुरीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

पछिल्लो समय अस्वस्थ रहनुभएको उहाँको आज बिहान ५:३० बजे तनहुँ भिमादमा घरमै निधन भयो । संस्कृत विद्यामा पोख्त र ज्योतिष समेत रहनुभएको उहाँको आजै अन्त्यष्टि गरिएको छ ।

उहाँका चार छोरा, तीन छोरी हुनुहुन्छ । पत्रकार पुरी कान्छो छोरा हुनुहुन्छ ।