२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह गर्न पाउने कानूनको मस्यौदाप्रति माओवादी सांसद राईको आपत्ति



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गा राईले सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानूनी मान्यता दिने मस्यौदा लेखेको भन्दै आपत्ति जनाउनु भएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद राईले आपत्ति जनाउनुभएको हो । सरकारले हालै विषेश परिस्थितिमा बहुविवाह गर्न दिनेगरी कानूनी मस्यौदा तयार गरेको भन्दै समाचार बाहिरिएका थिए ।

विधेयकको मस्यौदामा विवाहित पुरुषलाई दोस्रो विवाह गर्न अनुमति दिने लगायत व्यवस्था राखिएको छ । सरकारले लैंगिक असमानता र महिला हिंसालाई प्रोत्साहन दिनगेरी कानून निर्माण गर्न लागेको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ । सांसद राईले बहुविवाह गर्न पाउने कानून आए महिला हिंसा बढ्ने र पुरुषहरु छाडा हुँदै जाने भन्दै उक्त मस्यौदा खारेज गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बहुविवाहलाई छुट दिनेगरी सरकार किन कानून बनाउन चाहन्छ ? जजसको स्वार्थमा ऐन बनाइँदैछ उहाँहरुलाई सोध्न चाहन्छु, आफ्नो ज्वाइँले दोस्रो विहे गरेमा स्याबास ज्वाइँ भन्न तयार हुनुहुन्छ ? नत्र महिला हिंसा बढ्ने र पुरुषहरु छाडा हुने कानून सरकारले किन ल्याउन चाहन्छ ?’

उहाँले उक्त विधेयक मस्यौदाको निन्दा समेत गर्नुभयो ।