१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

कस्तो लापर्वाही ! तीनै जनामा मृत्युपछि मात्र कोरोना भएको पुष्टि

कस्तो लापर्वाही ! तीनै जनामा मृत्युपछि मात्र कोरोना भएको पुष्टि
अ अ+ अ-

काठमाडौँ । धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएको तीन दिनपछि भारतबाट आएर क्वारेन्टाइनमा बसेका बाँकेका युवाको मृत्यु भएको त्यही दिन बेलुका र बाराका वृद्धको स्वाब लिएको ११ दिनपछि तथा मृत्यु भएको ९ दिनपछि मात्रै कोरोनाको पुष्टि भएको हो ।

बाराका ७० वर्षीय एक वृद्धमा दाहसंस्कार गरेको आठ दिनपछि मात्रै सोमबार कोरोना संक्रमण पुष्टि भयो । वीरगन्जको नेसनल मेडिकल कलेजको आईसीयूमा उपचारका क्रममा उनको जेठ ४ मा मृत्यु भएको थियो । उनको त्यही दिन नै दाहसंस्कार गरिएको थियो । जेठ २ मा भर्ना गरेर उनको त्यही दिन स्वाब निकालिएको अस्पतालले जनाएको छ । स्वाब निकालेको ११ दिनपछि मात्रै उनको रिपोर्टमा कोरोना पोजिटिभ पाइएको हो ।

बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको पनि मृत्यु भइसकेपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । मृत्युपछि स्वाब निकालेर परीक्षण गर्दा उनमा कोरोना देखिएको थियो । ती युवा वैशाख ३० मा भारतबाट आएका थिए । क्वारेन्टाइनमा बसेको पाँच दिनसम्म पनि उनको कोरोना परीक्षण भएको थिएन । यतिसम्म कि उनलाई झाडापखाला र ज्वरोले सिकिस्त हुँदा पनि अस्पताल लैजाने एम्बुलेन्ससमेत नपाएको आफन्तको गुनासो छ । उनी मटैयास्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा थिए ।

मृत्युपछि मात्रै कोराना पुष्टि हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया सुत्केरी पनि हुन् । उनको मृत्यु भएको तेस्रो दिनमा मात्रै कोरोना पुष्टि भएको हो । जेठ १ को राति १० बजे मृत्यु भएकी उनको ३ गते राति ८स्५० मा मात्रै सरकारले उनको मृत्यु कोरोनाले भएको सार्वजनिक गरेको थियो । कोरोना संक्रमणका कारण पछिल्लो १२ दिनमा चार जनाको मृत्यु भएको छ । गुल्मीका शिक्षकबाहेक तीन जनामा मृत्युपछि मात्रै कोरोना लागेको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले मृत्यु भएकाको क्लिनिकल विश्लेषण गरेर पूर्ण विवरण तयार भइरहेको बताए । ‘कोभिडले हामीलाई झुक्याइरहेको छ । लक्षण देखिँदैन । अरू स्वास्थ्य समस्याले ग्रसित भएका व्यक्तिहरूलाई आफ््नै पुरानो समस्याबाट ग्रसित भएको जस्तो लाग्छ,’ उनले भने, ‘कोभिडका कारणले कमजोर भएको जस्तो लाग्दैन । उपचारका लागि स्वास्थ्य संस्थामा ढिला पुग्छन् । परीक्षण गरेर उपचार गर्ने बेलासम्म समय घर्किसकेको हुन्छ ।’ रोग प्रतिरोधक क्षमता कमजोर भएका र केही रोगले ग्रसित बिरामीलाई कोरोनाले च्याप्ने गरेको उनको भनाइ छ । ‘अब वृद्धवृद्धा, अशक्त, बिरामीलाई जोगाउनुपर्ने देखियो,’ उनले भने ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर राजभण्डारीले अस्पतालमा आउने सबैजसो बिरामीलाई शंकाको घेरामा राखेर तत्काल स्वाब लिने व्यवस्था गर्नुपर्ने बताए । ‘सबै अस्पतालले बिरामीलाई शंकाका रूमा लिनुपर्छ,’ उनले भने, ‘सरकारले निजी अस्पताललाई पनि स्वाब संकलन गर्न आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ ।’ यो व्यवस्थाले पीसीआर गराउन सर्वसाधारणको पनि पहुँच विस्तार हुने उनको भनाइ छ । पहुँच नभएकै कारण कोरोना संक्रमित बढिरहेको उनको बुझाइ छ । ‘क्वारेन्टाइनमा कम्तीमा अक्सिजन सिलिन्डरको व्यवस्था गरौं,’ उनले भने ।

हालसम्मका मृत्यु भएका चारमध्ये तीन जनाको मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । ‘यो तथ्यले सरकार कोरोना नियन्त्रणमा प्रतिबद्ध र तदारुक नभएको पुष्टि हुन्छ,’ सरुवा रोग विशेषज्ञ डा। बाबुराम मरासिनीले भने, ‘सक्रमितको नतिजा जति ढिला भयो । त्यति नै संक्रमण फैलिँदै जान्छ । यसले महामारीको रूपमा लिन सक्छ । सरकार र सम्बन्धित विभागमा रहेका पदाधिकारी यसतर्फ संवेदनशील भएको देखिएन ।’ प्रयोगशालामा प्राविधिक नभए करारमा लिएर भए पनि चाँडो नतिजा निकाल्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । ‘स्वाब निकालेको ११ दिनमा रिपोर्ट आउनु भनेको लापरबाहीको पनि पराकाष्ठा हो,’ उनले भने, ‘यो सामान्य कुरा होइन, छानबिन हुनुपर्छ ।’ रिपोर्ट दिनमा नभई निश्चित घण्टाभित्रै दिनेगरी जनशक्ति र उपकरणको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । (आजको कान्तिपुर दैनिकमा समाचार छ ।)