२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान पो भएछः सांसद शाह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले भिजिट भिसामार्फत भएको मानव तस्करी र भ्रष्टाचारका काण्डहरुमा सरकारको मौन रहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहले यस्तो आपत्ति जनाउनुभएको हो । उहाँले भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न सोध्नुभयो । उहाँले भिजिट भिसा प्रकरणलाई जनताले बिर्सिने छन् भन्ने सोचेर गल्ति नगर्न समेत चेतावनी दिनुभयो । शाहले मन्त्री राजकुमार गुप्तालाई कारबाही नगरिएको भन्दै आपत्ति समेत जनाउनु भयो । राजीनामा भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान भएको भन्दै उहाँले कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भिजिट भिसामार्फत मानव तस्करी भएको फाइल कहाँ पुग्यो ? म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु । जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ति नगर्नुहोला । जनताले बिर्सने छैनन् । हामीले बिर्सन दिनेछैनौं । भ्रष्टाचारको अडियो बाहिरियो, धुस मागेको प्रमाणित भयो । अनि राजीनामा दिएपछि सबै पाप पखालियो । राजीनामा त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गङ्गास्नान पो भएछ । मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानविनको फाइल बन्द भयो । त्यही अडियो नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई चाँही किन अदृश्य शक्तिले संरक्षण दिइरहेको छ ? के उहाँहरुका लागि यो देशमा अर्कै कानून छ सभामुख महोदय ?’

भ्रष्टाचारसम्बन्धी अडियो प्रकरणमा मुछिएका मन्त्री र पूर्वमन्त्रीहरूको संलग्नता भनिएपनि उनीहरूलाई अदृश्य शक्तिले जोगाएको आरोप लगाउनु भयो ।