१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

त्रासकै बीच पनि भारतमा जनजीवन सामान्यतर्फ उन्मुख हुँदै

त्रासकै बीच पनि भारतमा जनजीवन सामान्यतर्फ उन्मुख हुँदै
अ अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रासकै बीच पनि जनजीवन सामान्यतर्फ उन्मुख हुँदै गएको छ । मंगलबार बिहानसम्म संक्रमितको संख्या करिब एक लाख ४५ हजार पुगिसकेको छ । ४ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । पछिल्ला केही दिनयता संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । तर भाइरसको महामारीका कारण अर्थतन्त्र नै धराशायी हुने परिस्थिति बन्दै गएपछि आर्थिक क्षेत्रका गतिविधि पुनस् सुचारु गराउन विभिन्न कदम चालिएको छ । त्यसका साथै संक्रमणको उच्च जोखिम भएका कन्टेनमेन्ट जोनबाहेकमा सामान्य अवस्थामा जस्तै यातायातदेखि व्यापार व्यवसाय खुला गरिएको छ । जसका कारण सहरदेखि गाउँघरसम्मको चहलपहल बढ्दै गएको छ । भारतमा गत मे १८ देखि २ साताका लागि जारी गरिएको चौथो चरणको लकडाउन भने निकै खुकुलो पारिएको छ । त्यसअघि भारतको गृह मन्त्रालयले लकडाउन क्रमशः खुकुलो बनाउने गरी सोहीअनुसारको दिग्दर्शन जारी गरेको थियो । जसमा आर्थिक गतिविधिदेखि सार्वजनिक यातायातसम्बन्धी विभिन्न निर्देशन समावेश गरिएको थियो । त्यसका साथै मन्त्रालयले राज्य तथा प्रदेश सरकारहरूलाई परिस्थिति हेरेर निर्णय लिने छुटसमेत दिएको थियो । त्यसपछि राज्य सरकारहरूले लकडाउन र आर्थिक कारोबारलाई सुचारु गराउन व्यापार र व्यवसायसम्बन्धी विभिन्न निर्णयहरू लिएका छन् ।

गृह मन्त्रालयद्वारा जारी दिग्दर्शनअनुसार ठूला बजार र उद्योगहरू पूर्णरूपमा सञ्चालन गर्न छुट दिइएको छ । तर ठूला बजार क्षेत्रमा एउटा बिराएर पसल खोल्न पाइने भएको छ । त्यसैगरी निजी सवारी चलाउन दिइएको छ । सरकारी र निजी कार्यालयहरू पनि क्रमशस् खुल्दै गएका छन् । वैवाहिक कार्यक्रममा पचास जनासम्म भेला हुन छुट दिइएको छ । रेस्टुराँहरू खुला गरिएको छ तर त्यहाँ बसेर खान पाइँदैन । सार्वजनिक यातायातलाई पनि क्रमशस् खुला गर्दै लगिएको छ । ट्याक्सी, अटोरिक्सा, ब्याट्री रिक्सा, नगर बसमा तोकिएको सुरक्षा मापदण्डसहित चलाउन अनुमति दिइएको छ । मानिसहरूको ठूलो उपस्थिति रहने होटल, सिनेमा हल, सपिङ मल, मेट्रोहरू भने बन्द रहनेछन् । साथै रंगशालालगायतका खेलस्थलमा दर्शकको उपस्थितिबिना खेलस्पर्धाहरू गराउन खुला गरिएको छ ।

राजधानी दिल्लीको भना कन्टेनमेन जोनबाहेकका सबै क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सबै किसिमका आर्थिक गतिविधि खुला गरिएको छ । दिल्ली सरकारका मुख्यमन्त्री अरविन्द केजरिवालले गत साताको डिजिटल पत्रकार सम्मेलनमा लकडाउनलाई मात्र निरन्तरता दिइरहँदा अर्थव्यवस्था धराशायी हुने जोखिम बढेका कारण बिस्तारै जनजीवनलाई सामान्य बनाउँदै लगिएको जानकारी दिएका थिए । ‘खोप नआउन्जेलसम्म संक्रमण रोकिनेवाला छैन । त्यसैले कोरोनासँगै जिन्दगी चलाउनुपर्ने बाध्यता छ,’ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले भनेका थिए । त्यसैगरी, करिब दुई महिनादेखि बन्द रहेको आन्तरिक हवाई सेवासमेत सोमबारदेखि सुचारु भएको छ । तर पश्चिम बंगाल र आन्ध्र प्रदेश राज्यले भने केही दिनपछि उडान खुला गर्ने भएका छन् । भारतमा कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि भन्दै मार्च २५ देखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको थियो । तर भाइरसको संक्रमण फैलिने क्रम जारी रहे पनि लामो समय उडान बन्द गर्दा अर्थतन्त्रमा धक्का पुग्ने भएपछि त्यसलाई सुरु गर्ने निर्णय गरिएको हो । तर केही समयका लागि सीमित उडान मात्र सञ्चालन हुने भएका छन् । जस्तै महाराष्ट्र सरकारले मुम्बईबाट दैनिक ५० उडान सञ्चालन गर्ने भएको छ । दक्षिण भारतीय सहर हैदराबादले दैनिक ३० उडान मात्र गर्ने भएको छ ।

उडानका लागि आवश्यक दिग्दर्शन पनि जारी गरिएको छ । भारतको गृह मन्त्रालयद्वारा जारी गरिएको दिग्दर्शनअनुसार यात्रुहरू २ घण्टाअगावै एयरपोर्ट पुग्नुपर्नेछ भने चेकइन अनलाइनबाट गर्नुपर्नेछ । साथै, उडानका क्रममा खाना नास्ता र पत्रपत्रिका दिइने छैन । सामाजिक दूरी र यात्राका क्रममा मास्क अनिवार्य गरिएको छ । त्यसैगरी उडान गर्नुअघि र ओर्लेपछि थर्मल स्क्रिनिङ गरिनेछ । योसँगै गृह मन्त्रालयले राज्य तथा केन्द्रशासित सरकारलाई आफूअनुकूल मापदण्ड बनाउन पनि छुट दिएको छ । त्यहीअनुसार कतिपय राज्य तथा केन्द्रशासित सरकारले संक्रमणको जोखिम हुने भन्दै यात्रुहरूका लागि विभिन्न मापदण्ड पनि बनाएका छन् । ११ वटा राज्य तथा केन्द्रशासित प्रदेश सरकारले हवाई यात्रुहरूका लागि क्वारेन्टाइन अनिवार्य गरेका छन् । अन्तर्राष्ट्रिय उडानका लागि पनि तयारी सुरु गरिएको छ । उडान सुचारु गर्ने मिति तय नभए पनि भारतीय सञ्चारमाध्यमहरूले अगस्ट १ देखि अन्तर्राष्ट्रिय उडान नियमित हुने उल्लेख गरेका छन् । त्यसका लागि आवश्यक मापदण्ड पनि जारी गरिएको छ । जसअनुसार यात्रुहरूले अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । ७ दिन सरकारले तोकेको कुनै क्वारेन्टाइन सेन्टर र बाँकी ७ दिन घरमै क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

क्वारेन्टाइन सेन्टरमा बसेको खर्च यात्रु आफैंले व्यहोर्नुपर्नेछ । तर गर्भवती, गम्भीर बिरामी, परिवारमा यदि कसैको निधन भएको अवस्थामा र १० वर्षभन्दा मुनिका छोराछोरीका बुबाआमाका लागि भने घरमै क्वारेन्टाइनमा बस्ने सुविधा दिइएको छ । त्यस्तै, जुन १ देखि यात्रुवाहक रेल सेवा पनि सञ्चालन गर्ने तयारी पनि सुरु गरिएको छ । त्यसका लागि अग्रिम बुकिङसमेत खुला भइसकेको छ । यसअघि लकडाउनका कारण विभिन्न राज्यमा अलपत्र परेका प्रवासी कामदारहरूका लागि भनेर मे १ देखि विशेष श्रमिक रेल सेवा सुरु गरिएको थियो । अधिकांश राज्यहरूमा लामो दूरीका यात्रुवाहक बस त यसअघि नै सञ्चालनमा आइसकेका छन् । त्यसैगरी भारतको केन्द्र सरकारले कोरोना संक्रमणको जोखिम क्षेत्र हेरेर जुलाई १ देखि माथिल्लो तहका कक्षाहरू सञ्चालनका लागि विद्यालय खोल्ने तयारी पनि सुरु गरेको छ । ८ सम्मका कक्षा भने संक्रमण सामान्य हुँदै गएपछि क्रमशः सुचारु गरिने जनाइएको छ । कान्तिपुर दैनिक