१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

कांग्रेस संविधान संशोधन गर्न अघि सारिएको प्रस्तावको पक्षमा रहने संकेत

कांग्रेस संविधान संशोधन गर्न अघि सारिएको प्रस्तावको पक्षमा रहने संकेत
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको भूगोलका विषयमा संविधान संशोधन गर्न अघि सारिएको प्रस्तावको पक्षमा रहने संकेत गरेको छ । तर, सो विषयमा आधिकारिक निर्णय भने आगामी केन्द्रीयसमिति बैठकबाटै गर्ने कांग्रेसले बताएको छ ।आइतबार बसेको पदाधिकारी बैठकले देशको भूगोलसँग जोडिएको संविधान संशोधनका विषयमा केन्द्रीय समिति बैठकबाटै निर्णय लिने निर्णय गरेको थियो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले संविधान संशोधन जस्तो विषयमा पदाधिकारीले मात्रै नभईकेन्द्रीय समिति बैठकबाटै निर्णय होस् भन्ने चाहेको र सोहीअनुसार हुने बताए । ‘संविधान संशोधन जस्तो विषयमा पदाधिकारीले मात्रै निर्णय गरेर हुँदैन ।केन्द्रीय समिति बैठकबाटै निर्णय होस् भन्ने चाहेका छौं, छिट्टै निर्णय हुन्छ,’ निधिले राजधानीसँग भने । उनले लिपुलेक र कालापानी नेपालकै भूमि भएको र यसमा नेपालको निर्बाध हक लाग्ने बताए ।

‘लिपुलेक र कालापानी नेपालकै भूमि हो, यसमा नेपालको निर्बाध हक लाग्छ । सरकारले नक्सा ल्यायो । अब भूमि फिर्ता गर्न कूटनीतिक तवरबाट पहल गरोस्,’ निधिले भने । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालको नक्सामा निशान छाप परिवर्तन गर्न संसद्मा संशोधन प्रस्ताव दर्ता गराइसकेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस संविधान संशोधनकै पक्षमा रहेको जानकारी दिए । ‘अहिले जुन विषयमा संशोधन प्रस्ताव ल्याइएको छ, यसमा दलहरूबीच विमेल छैन ।कांग्रेस सकारात्मक छ, बाँकी निर्णय केन्द्रीय समितिले गर्छ,’ महतले भने । उनले मधेसवादी शक्तिले विगतमा संविधान संशोधनको एजेन्डा उठाउँदा पनि कांग्रेसले नै अग्रसरता लिएको बताउँदै सो विषयमा समेत केन्द्रीय समितिमा छलफल हुन सक्ने जनाए । तर,केन्द्रीय समिति कहिले बस्ने भन्ने टुंगो लागेको छैन । ‘विगतमा पनि कांग्रेसले नै संविधान संशोधनको एजेन्डा अघि सारेको हो । अहिले पनि केही दलबाटतराई मधेसका समस्याका विषयमा समेत संविधान संशोधन हुनुपर्छ भन्नेआवाज उठिरहेको छ । अहिलेको एजेन्डा त त्यो छैन तर छलफल हुन सक्ला,’ महतले थपे ।

कांग्रेसले विवादित भूमि फिर्ता ल्याउन उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नसरकारसँग माग गरेको छ । केन्द्रीय समितिमार्फत कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को विषयमा विषयान्तर भएको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराउने, क्वारेन्टिनको मापदण्डअनुसार व्यवस्थापन गर्न सरकारलाई अपिल गर्ने तथा कोरोना परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न माग गर्ने निर्णय गरेको छ । यसैगरी, विदेशमा अप्ठेरोमा परेका नेपालीलाई छिटो फिर्ता ल्याउन तथा भारततर्फको सीमामा अलपत्र परेकालाई व्यवस्थित ढंगले ल्याउन, क्वारेन्टिनमा सुरक्षित र व्यवस्थित तरिकाले राख्न कांग्रेसले सरकारसँग माग गरेको हो । राजधानी दैनिक