२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’



अ+ अ-

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो ।

भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोशी प्रदेश सरकारको बजेटमा पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरिएको छ । झरनाको संरक्षणसँगै यसको प्रचार प्रसारमा जोड दिइएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । यो स्थानलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ विकासमा जोड दिएको उहाँको भनाइ छ ।

“छाँगे झरनाको विकास तथा संरक्षणमा जुटेका छौँ” प्रमुख उदासले भन्नुभयो,“झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर बाटोसँगै आवश्यक संरचना निर्माण गरेका छौँ । यो झरना हाम्रो नगरको एक महत्वपूर्ण पर्यटकीयस्थल हो ।”

यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर एकीकृत विकासमा जोड दिएको प्रमुख उदासले जानकारी दिनुभयो । सतीघाटमा रहेको सती ढुङ्गाको संरक्षणबाट कुन्सालिङ डाँडा, हाँस पोखरी साउने डाँडाहुँदै, छाँगे झरना र त्यहाँबाट नेपाले डाँडाको ओमकार शक्ति पिठ, योगमायाको समाधीस्थल मजुवाबेँसीलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रुपमा वृहत्तर विकास गर्ने योजना रहेको प्रमुख उदासले बताउनुभयो ।
यो झरना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासी सुरज बस्नेतले बताउनुभयो । झरना भएको स्थलमा खानेपानीको व्यवस्थासँगै बस्नका लागि फलैचासमेत निर्माण गरिएपछि पर्यटकलाई सहजता भएको उहाँले बताउनुभयो ।

“छाँगे झरनाको संरक्षण भएपछि पर्यटकको सङ्ख्या बढेको छ”बस्नेतले भन्नुभयो,“यसको उचित विकाससँगै देश विदेशमा चिनाउन सकिएको छैन । यो झरना हाम्रो क्षेत्रको प्रकृतिको उपहार नै हो ।”माथिबाट झरेको पानीको फोहराले पर्यटकको मन लोभ्याउने गरेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर उपहारको रुपमा लिने गरेका छन् । यो स्थान पर्यटकीयसँगै धार्मिक क्षेत्र रहेकोले यसको विकासमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

ओझेलमा परेका यस्ता पर्यटकीयस्थलको महत्वलाई उजागर गर्न आवश्यक रहेको स्थानीय गणेश अधिकारीले बताउनुभयो । राज्यले यस्ता ठाउँको पहिचान गरेर लगानी बढाउनुपर्ने स्थानीयबासीको भनाइ छ । रासस