काठमाडौं । सनातन हिन्दू राष्ट्र स्थापनाका लागि आज काठमाडौं पैदल यात्रा हुँदै छ ।
नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजनामा पैदल यात्रा गर्न लागिएको हो ।
आज दिउँसो १२ बजे मैतीदेवीदेखि, पशुपतिनाथ मन्दिसम्म पैदल यात्रा हुने छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पदयात्रा अध्यक्ष राजेन्द्र लिङ्देन र नेताहरु, धर्म गुरुहरु र धार्मिक व्यक्तित्वहरु, विभिन्न धार्मिक संघ संस्था र जनसमुदायको सहभागीता रहने जानकारी दिनुभयो ।
राप्रपाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र वा अन्य कुनै दल रहेपनि तर नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको भए जनमत सिर्जना गर्नेका लागि कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।










