२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै



अ+ अ-

काठमाडौँ । आगामी भदौमा नेपाली चलचित्रसँग सम्बन्धित तीन ‘अवार्ड’ समारोह हुने भएको छ । आयोजकहरूले भिन्नाभिन्नै रुपमा घोषणा गरेअनुसार भदौ २६ गते ‘आठौँ सिने सर्कल अवार्ड–२०८२’, भदौ २८ गते ‘दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा)’ र सोही महिनामा चलचित्र समीक्षक समाजले प्रदान गर्ने ‘क्रिटिक्स अवार्ड’ आयोजना हुनेछ ।

पुरस्कारले चलचित्रकर्मीलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् । ‘सिने सर्कल नेपाल’ द्वारा आयोजित समारोहमा २५ विधामा पुरस्कार प्रदान गरिने ‘आठौँ सिने सर्कल अवार्ड २०८२’ को संरक्षक चौधरी समूहका प्रबन्ध निर्देशक वरुण चौधरी हुनहुन्छ ।

चलचित्र समीक्षक तथा पत्रकारहरूको छाता संस्था चलचित्र समीक्षक समाजले केही वर्षदेखि रोकिएको ‘क्रिटिक्स अवार्ड’ लाई पुन: निरन्तरता दिने भएको हो । समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्ड प्रदान गर्नका लागि चलचित्र हेर्ने काम भइरहेको बताउनुभयो ।

“हामीले समीक्षात्मक रुपमा अब्बल सावित हुने चलचित्र र चलचित्रकर्मीलाई पुरस्कृत गर्ने गरेका छौँ । केही वर्ष विविध कारणले रोकिएको पुरस्कार समारोहले पुन: निरन्तरता पाउँदैछ । हामी चलचित्र हेरिसकेपछि विजेता घोषणा गरेर भदौमा  पुरस्कार वितरण गर्ने छौँ”, उहाँले भन्नुभयो ।

उक्त पुरस्कार नौ विधामा प्रदान गरिनेछ । ‘इन्फा इभेन्ट्स युके’ र ‘इन्फा नेपाल’ को आयोजना तथा मनु मिडियाको सहकार्यमा बेलायतस्थित लण्डनको ग्रिनफोर्ड हलमा भाद्र २८ मा ‘दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ आयोजना हुने कार्यक्रम संयोजक मनिष कार्कीले बताउनुभयो ।

“नेपाली कला र संस्कृति प्रवासमा बढाउन हामीले पुरस्कार वितरण समारोह बेलायतमा गर्ने गरेका छौँ । दोस्रो शृङ्खलामा आइपुग्दा हामी अझै परिपक्क भएर कार्यक्रमको आयोजना गरिरहेका छौँ । हाम्रो चलचित्रसम्बन्धी गतिविधिले बेलायतमा बजार बढाउन र नेपाली चलचित्र प्रवर्द्धनमा टेवा पुगेको हाम्रो विश्वास छ”, संयोजक कार्कीले भन्नुभयो ।

उहाँले २६ विधामा पुरस्कार वितरण गरिने र अभिनेत्री शर्मिला मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिने जानकारी दिनुभयो । केही वर्ष अगाडि बढिरहेको ‘अवार्ड’ को सङ्ख्या पछिल्लो समय सन्तुलित बन्दैछ । रासस