२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली यु–२० महिला रग्बी टोली घोषणा



अ+ अ-

काठमाडौँ। नेपाल रग्बी सङ्घले एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफीका लागि नेपाली महिला रग्बी टोली घोषणा गरेको छ ।

आगामी साउन २४ देखि २७ गतेसम्म भारतमा एसिया रग्बी इमिरेट्स यु–२० सेभेन्स ट्रफी २०२५ आयोजना हुँदैछ । यसैका लागि सङ्घले आज १३ सदस्यीय नेपाली युवा टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा सम्झौता तुम्बापो, लक्की मगर, सनमिका मगर, रेखा खड्का, सुशीला सुनुवार, निशा घलान, रोश्ना पोखरेल, पूजा डङ्गोल, कविता बादी, आरुषी भट्टराई, सलिना माझी, समीक्षा गौतम र रमिरा शाही रहेकी छन् । टोली आगामी साउन २२ गते भारत प्रस्थान गर्ने कार्यक्रम छ ।

सावित्री पुर्जाको प्रशिक्षणमा टोली छनोट भएको र हाल  सर्लाहीको राधाकृष्ण खेल मैदानमा प्रशिक्षण भइरहेको सङ्घका महासचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिता हुने भारतको मौसमसँग मिल्नेगरी टोलीलाई एक महिनादेखि सर्लाहीमा प्रशिक्षणमा राखिएको उहाँले बताउनुभयो ।

भारतको बिहारस्थित राजगीर रङ्गशालामा हुने प्रतियोगितामा एसियाका विभिन्न ११ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन । अघिल्लो संस्करणअन्तर्गत यस उमेर समूहको प्रतियोगिता नेपालमा नै आयोजना भएको थियो । रासस