२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्जेल राई नेफिनको सद्भावनादूतमा नियुक्त



oplus_2
अ+ अ-

काठमाडौँ। नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष गेल्जेलामा शेर्पाले मिस मङ्गोल–२०२४ की विजेता एन्जेल राईलाई नेफिनको सद्भावनादूतमा नियुक्त गर्नुभएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच महासङ्घका प्रतिनिधिहरूको उपस्थितिमा राईलाई सम्मानसहित सद्भावनादूतको घोषणा गरिएको हो ।

सद्भावनादूतका रूपमा राईले अब विभिन्न कार्यक्रम, अभियान र अन्तरक्रियामार्फत आदिवासी जनजातिको मुद्दा उजागर गर्ने तथा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा जनचेतना फैलाउन मद्दत पु¥याउने महासङ्घका महासचिव दिवस राईले विश्वास व्यक्त गर्नुभयो ।

नेफिनले आदिवासी जनजातिको पहिचान, अधिकार र संस्कृतिको प्रवद्र्धनका लागि समाजमा सकारात्मक सन्देश दिन सक्ने युवा प्रतिनिधिका रूपमा राईको भूमिकालाई महत्वका साथ हेरेको जनाएको छ । रासस