६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश चरम निराशाको अवस्थामाः हृदयेश त्रिपाठी



अ+ अ-

काठमाडौँ ।  जनता प्रगतिशिल पार्टी (नेपाल) का अध्यक्ष हृदयेश त्रिपाठीले देश चरम निराशाको अवस्थामा पुगेको बताउनुभएको छ ।

आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र बिग्रिँदो अवस्थामा रहेको र तराई मधेसमा खडेरी र सुख्खाको अवस्था रहेको बताउनु भयो । अहिलेको भूमि विधेयक पारित भए मधेस सकिने उहाँको दाबी छ । चुरेको जति दोहन हुन्छ त्यति नै मधेस सकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देश एउटा चरम निराशाको अवस्थामा पुगिरहेको छ । अर्थतन्त्र बिग्रिँदो अवस्थामा छ । तराई मधेसमा अहिले खडेरी र सुख्खाको अवस्था छ । अहिलेको भूमि विधेयक पारित भयो भने तीन लाख ४७ हजार व्यक्ति बसोवास गरिरहेका छन् । पञ्चायतदेखि शुरु भएको त्यो । ४२ हजार परिवार बेल्चा लिएर त्यहाँ बसिरहेको छ । जति दोहन हुन्छ त्यसको सहायकका रुपमा बसिरहेको छ । यो विधेयक पारित भयो भने तिनले लालपूर्जा पाउँछन्, स्वामित्व पाउँछन् । तराई मधेस पर्मानेन्ट मरुभूमि हुन्छ । कसैले रोक्नै सक्दैन ।’

उहाँले सरकारी कर्मचारीहरुले सुख्खाको मूल कारणमा नगइ नक्कली कारण खोजिरहेको बताउनु भयो ।




भर्खरै