काठमाडौँ । जनता प्रगतिशिल पार्टी (नेपाल) का अध्यक्ष हृदयेश त्रिपाठीले देश चरम निराशाको अवस्थामा पुगेको बताउनुभएको छ ।
आईतवार मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र बिग्रिँदो अवस्थामा रहेको र तराई मधेसमा खडेरी र सुख्खाको अवस्था रहेको बताउनु भयो । अहिलेको भूमि विधेयक पारित भए मधेस सकिने उहाँको दाबी छ । चुरेको जति दोहन हुन्छ त्यति नै मधेस सकिने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘देश एउटा चरम निराशाको अवस्थामा पुगिरहेको छ । अर्थतन्त्र बिग्रिँदो अवस्थामा छ । तराई मधेसमा अहिले खडेरी र सुख्खाको अवस्था छ । अहिलेको भूमि विधेयक पारित भयो भने तीन लाख ४७ हजार व्यक्ति बसोवास गरिरहेका छन् । पञ्चायतदेखि शुरु भएको त्यो । ४२ हजार परिवार बेल्चा लिएर त्यहाँ बसिरहेको छ । जति दोहन हुन्छ त्यसको सहायकका रुपमा बसिरहेको छ । यो विधेयक पारित भयो भने तिनले लालपूर्जा पाउँछन्, स्वामित्व पाउँछन् । तराई मधेस पर्मानेन्ट मरुभूमि हुन्छ । कसैले रोक्नै सक्दैन ।’
उहाँले सरकारी कर्मचारीहरुले सुख्खाको मूल कारणमा नगइ नक्कली कारण खोजिरहेको बताउनु भयो ।









