२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अंग्रेजी र गणित विषय पढाउने शिक्षक पाउनै छोडेः खेलकुदमन्त्री चौधरी



अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षकको अभाव हुन थालेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्द्वारा आईतवार मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । हाल नेपाली पढाउने शिक्षकहरु प्रशस्त रहेपनि अंग्रेजी र गणित विषय पढाउने शिक्षकहरु नपाउने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले सीपयुक्त जनशक्ति नेपालमा अभाव हुँदै जाँदा विदेशबाट श्रमीकहरु आएर उद्योग कलकारखानामा काम गर्ने गरेको बताउनु भयो ।

तालिम दिने संस्थाहरु नेपालमा धेरै नै भएपनि तालिम प्रभावकारी नभएको उहाँको भनाई छ । ती संस्थाहरुले कति मान्छेहरुले तालिम लिए भन्ने तथ्यांक पनि राख्न नसकेको उहाँले बताउनु भयो । खेलकुदमन्त्री चौधरीले तालिम दिने संस्थाहरुलाई केही समय आफ्नै संस्थामा प्रयोगात्मक प्रशिक्षण गर्न लगाउन पनि आग्रह गर्नुभयो । सीपयुक्त जनशक्ति नहुँदा रोजगारी समेत समस्या भएको उहाँले बताउनु भयो ।

मन्त्री चौधरीले भन्नुभयो,‘युवाहरु धेरै विदेश पलायन भएपनि स्किल मेनपावर पुग्न सकेन, हाम्रो देशमा तालिम दिने थुप्रै संघसंस्थाहरु छ, तालिम दिने तर स्किल मेनपावर हामीले अझै पुरा गर्न सकेनौ । हामी तालिम दिन्छौ, त्यो तालिम दिईसकेपछि त्यो के गरिरहेको छ भन्ने कुराहरु, अहिलेसम्म हामीसँग डाटा पनि छैन । नेपालमा विदेशबाट आएर थुपै्र मान्छेहरु आएर फ्याक्ट्रीहरुमा काम गरिरहेको तथ्याङ्क हामीसँग छ । जहाँ, म पनि सानो सानो व्यवसाय गर्छु, त्यहाँ हेर्दाखेरी नेपालमा नै शिक्षक अब केही वर्षपछि गणित, अंग्रेजी शिक्षक अव पाउन छोड्छ की जस्तो लागिरहेको छ । नेपाली शिक्षक जति नी पाउने अंग्रेजी, गणित शिक्षक पाउन मुस्किल छ ।’

खेलकुदमन्त्री चौधरीले सरकारले युवालाई स्वरोजगार बन्नको लागि ३ देखि ५ लाख रुपैयाँसम्म ऋण दिने तयारी गरेको पनि बताउनु भयो ।