२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीको प्रतिव्यक्ति आयमा ४.४ प्रतिशतले मात्रै वृद्धि



अ+ अ-

काठमाडौं । नेपाललाई सन् २०२२ सम्ममा विकसित मुलुकमा रुपान्तरण गर्ने लक्ष्य प्रभावित भएको छ । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आयमा ४.४ प्रतिशतले मात्रै वृद्धि भएको छ । यही अनुपातमा वृद्धिदर रहने हो भने २०२२ मा १२०० अमेरिकी डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य प्राप्तिमा संशय देखिएको छ । मंगलबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार यो आवमा प्रतिव्यक्ति वार्षिक आम्दानी एक हजार ५१ बाट एक हजार ९७ अमेरिकी डलर पुग्ने अनुमान छ । कुल राष्ट्रिय आयमा कुल जनसंख्याको भागफल प्रतिव्यक्ति आय हो । ४.४ प्रतिशतको वृद्धिदरले २०२२ सम्ममा प्रति व्यक्ति आय १२ सय डलर पुर्‍याउन चुनौती थपिएको छ । यो विकसित मुलुकमा रुपान्तरण हुनका लागि आवश्यकताभन्दा अपुग छ । कोभिड –१९ को प्रकोप नियन्त्रणमा आउने विषय टुंगो नलाग्दासम्म यसले स्वदेश तथा वैदेशिक रोजगारीमा पार्ने प्रभावको आकलन गर्न सकिरहेको छैन ।

कुल गार्हस्थ उत्पादन (जीडीपी)मा विदेश बस्ने नेपालीले कमाई पठाएको रकम (रेमिट्यान्स) समेत समायोजन गरेर कुल राष्ट्रिय आय निकालिन्छ । रेमिट्यान्समा ठूलो गिरावट आई नेपालीको आम्दानी अपेक्षितरुपमा बढ्न नसक्ने खतरा बढेको छ । कोभिड महामारीसँगै रेमिट्यान्समा आउनसक्ने कमीले राष्ट्रिय आय प्रभावित हुने अनुमान गरिएको छ । भर्खरै तथ्यांक विभागले अर्थतन्त्र (जीडीपी) संकुचन हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । यस वर्ष जीडीपीको वृद्धिदर २.३ प्रतिशत मात्रै हुने प्रारम्भिक अनुमान छ । जुन ५ वर्षयताकै न्यून हो । कोरोना नआएको भए अर्थतन्त्र ८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म समष्टिगत आर्थिक परिसूचक सन्तुलित र सन्तोषजनक रहेकोमा सन् २०२० को सुरुदेखि विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपाल पनि प्रभावित भएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारको लागि अवलम्बन गरेका उपायले समग्र अर्थतन्त्र प्रभावित भएको छ । यसबाट मुलुकको कृषि, उद्योग, यातायात, पर्यटन, होटल तथा रेस्टुरेन्ट, निर्माण, थोक तथा खुद्रा व्यापारलगायत सेवा क्षेत्रमा बढी असर पर्ने देखिन्छ । कोभिड–१९को प्रकोपको असर दक्षिण एसियाली मुलुकमध्ये नेपालमा कम हुने अन्तर्राष्ट्रिय निकायको अनुमान रहेतापनि यो वर्ष आर्थिक वृद्धिदर न्यून भई गरिबी र बेरोजगारीमा चाप पर्ने स्थिति छ ।

सर्वेक्षणअनुसार पछिल्ला महिनामा कोरोना प्रकोपका कारण गरिबी र बेरोजगारीमा चाप परेका छ । नेपाली विदेशमा गई काम गर्नेको तुलनामा औपचारिक माध्यमबाट विदेशी नागरिक नागरिकको संख्या कम छ । राष्ट्रिय योजना आयोगका अनुसार २०७६/७७ मा निरपेक्ष गरिबी करिब १६.६७ प्रतिशत रहने अनुमान छ । अन्नपुर्णपोष्ट दैनिक