१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

नेपालीको प्रतिव्यक्ति आयमा ४.४ प्रतिशतले मात्रै वृद्धि

नेपालीको प्रतिव्यक्ति आयमा ४.४ प्रतिशतले मात्रै वृद्धि
अ अ+ अ-

काठमाडौं । नेपाललाई सन् २०२२ सम्ममा विकसित मुलुकमा रुपान्तरण गर्ने लक्ष्य प्रभावित भएको छ । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आयमा ४.४ प्रतिशतले मात्रै वृद्धि भएको छ । यही अनुपातमा वृद्धिदर रहने हो भने २०२२ मा १२०० अमेरिकी डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य प्राप्तिमा संशय देखिएको छ । मंगलबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार यो आवमा प्रतिव्यक्ति वार्षिक आम्दानी एक हजार ५१ बाट एक हजार ९७ अमेरिकी डलर पुग्ने अनुमान छ । कुल राष्ट्रिय आयमा कुल जनसंख्याको भागफल प्रतिव्यक्ति आय हो । ४.४ प्रतिशतको वृद्धिदरले २०२२ सम्ममा प्रति व्यक्ति आय १२ सय डलर पुर्‍याउन चुनौती थपिएको छ । यो विकसित मुलुकमा रुपान्तरण हुनका लागि आवश्यकताभन्दा अपुग छ । कोभिड –१९ को प्रकोप नियन्त्रणमा आउने विषय टुंगो नलाग्दासम्म यसले स्वदेश तथा वैदेशिक रोजगारीमा पार्ने प्रभावको आकलन गर्न सकिरहेको छैन ।

कुल गार्हस्थ उत्पादन (जीडीपी)मा विदेश बस्ने नेपालीले कमाई पठाएको रकम (रेमिट्यान्स) समेत समायोजन गरेर कुल राष्ट्रिय आय निकालिन्छ । रेमिट्यान्समा ठूलो गिरावट आई नेपालीको आम्दानी अपेक्षितरुपमा बढ्न नसक्ने खतरा बढेको छ । कोभिड महामारीसँगै रेमिट्यान्समा आउनसक्ने कमीले राष्ट्रिय आय प्रभावित हुने अनुमान गरिएको छ । भर्खरै तथ्यांक विभागले अर्थतन्त्र (जीडीपी) संकुचन हुने प्रक्षेपण सार्वजनिक गरेको थियो । यस वर्ष जीडीपीको वृद्धिदर २.३ प्रतिशत मात्रै हुने प्रारम्भिक अनुमान छ । जुन ५ वर्षयताकै न्यून हो । कोरोना नआएको भए अर्थतन्त्र ८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म समष्टिगत आर्थिक परिसूचक सन्तुलित र सन्तोषजनक रहेकोमा सन् २०२० को सुरुदेखि विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपाल पनि प्रभावित भएको छ । कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारको लागि अवलम्बन गरेका उपायले समग्र अर्थतन्त्र प्रभावित भएको छ । यसबाट मुलुकको कृषि, उद्योग, यातायात, पर्यटन, होटल तथा रेस्टुरेन्ट, निर्माण, थोक तथा खुद्रा व्यापारलगायत सेवा क्षेत्रमा बढी असर पर्ने देखिन्छ । कोभिड–१९को प्रकोपको असर दक्षिण एसियाली मुलुकमध्ये नेपालमा कम हुने अन्तर्राष्ट्रिय निकायको अनुमान रहेतापनि यो वर्ष आर्थिक वृद्धिदर न्यून भई गरिबी र बेरोजगारीमा चाप पर्ने स्थिति छ ।

सर्वेक्षणअनुसार पछिल्ला महिनामा कोरोना प्रकोपका कारण गरिबी र बेरोजगारीमा चाप परेका छ । नेपाली विदेशमा गई काम गर्नेको तुलनामा औपचारिक माध्यमबाट विदेशी नागरिक नागरिकको संख्या कम छ । राष्ट्रिय योजना आयोगका अनुसार २०७६/७७ मा निरपेक्ष गरिबी करिब १६.६७ प्रतिशत रहने अनुमान छ । अन्नपुर्णपोष्ट दैनिक