२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु हुनेको संख्या साढे ३ लाख नाघ्यो



अ+ अ-

विश्वमा कोरोना भाइरस संक्रमणका कारण साढे ३ लाखभन्दा धेरैको ज्यान गएको छ । हालसम्म कोरोनाका कारण ३ लाख ५१ हजार ६३८ जनाको मृत्यु भइसकेको छ । विकसित देशमा सबैभन्दा धेरै शंक्रमण देखिएको छ । हालसम्म कोरोनाको  संक्रमण ५६ लाख ७८ हजार २६० मा देखिसकेको छ । वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा हालसम्म एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ। त्यहाँ १७ लाख २५ हजार ३ सय ४७ कोरोना संक्रमित पुगेका छन्। त्यस्तै अमेरिकामा हालसम्म ४ लाख ७८ हजार २ सय २५ जनासंक्रमित निको भइसकेका छन्। अमेरिकापछि ब्राजिलमा तीब्र रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म ३ लाख ९१ हजार २ सय २२ जनामा संक्रमण देखिएको छ। त्यस्तै त्यहाँ २४ हजार ५ सय १२ जनाले ज्यान गुमाइसेका छन्। रुसमा संक्रमितको संख्या ३ लाख ६२ हजार ३ सय ४२ रहेको छ त्यहाँ ३ हजार ८ सय ७ जनाको ज्यान गइसकेको छ।

संक्रमितको आधारमा चौथो स्थानमा रहेको स्पेनमा हालसम्म २७ हजार १ सय १७ को ज्यान गएको छ। त्यस्तै २ लाख ८३ हजार ३ सय ३९ जनामा संक्रमण भेटिएको छ।यस्तै बेलायतमा ३७ हजार ४८ जनाको ज्यान गइसकेको छ। त्यहाँ २ लाख ६३ हजार २ सय २७ जनामा संक्रमण देखिएको छ। भारतमा संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ र ४ हजार ३ सय ४९ जनाको ज्यान गएको छ। विश्वभर संक्रमितको संख्या ५६ लाख ७७ हजार ७७ रहेको छ। संसारभर एकै दिन ९३ हजार ३० संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा ३ लाख ९ हजार ८८ जनाको ज्यान गएको छ। हालसम्म विश्वभरबाट २४ लाख २६ हजार ३ सय ८४ जना निको भएर घर फर्किएका छन्।

कोरोना नियन्त्रणका लागि खोपको विकास भइनसकेका कारण यसको संक्रमण रोकिन समय लाग्ने विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । सौर्य दैनिक