१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टोपबहादुर रायमाझीको पेशी आज, के आउला निर्णय ?



अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दाो आज पेशी तोकिएको छ ।

उनको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

दुई वर्षभन्दा लामो समयदेखि पुर्पक्षका लागि थुनामा रहेका रायमाझी जाहेरीवाला र साक्षीको बयान सकिएपछि आजका लागि काठमाडौँ अदालतमा पेसी तोकिएको छ । पूर्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीको रायमाझीको मुद्दा २९ महिनादेखि विचाराधीन अवस्थामा छ ।

भुटानी शरणार्थी प्रकरणमा केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मासमेत मूल प्रतिवादी बनाइएकामा पूर्वमन्त्री रायमाझीलाई सहायक प्रतिवादी बनाइएपछि २०८० वैशाख २० गते जिल्ला प्रहरी कार्यालय, काठमाडौँले पक्राउ पुर्जी जारी गरी २०८० साल वैशाख ३१ गते उनलाई पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले विसं २०८० असार १ गतेको फैसलाबाट रायमाझीसहितलाई पुर्पक्षका लागि थुनामा राखेको थियो । रायमाझीले उच्च अदालत र सर्वोच्च अदालतमा सो आदेशविरुद्ध रिट निवेदन दिएपनि जिल्ला अदालतको फैसला सदर भएपछि उनी अहिलेसम्म थुनामै रहेका छन् ।

सोही प्रकरणमा जिल्ला अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा रहेका काँग्रेस नेता एवं पुर्व गृहमन्त्री बालकृष्ण खाँण, रायमाझीका छोरा सन्दीप रायमाझी, आङतावा शेर्पा र गोविन्द चौधरी सर्वोच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।