६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग News Polar हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही News Polar प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि News Polar त्रिपुरेश्वर बस आगलागीः मृतक अर्जुन दोङको पहिचान News Polar त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको निधन, कीर्तिपुर अस्पताल परिसरमा तनाव (तस्बिरहरु) News Polar भोटेकोसी बाढी प्रभावितलाई एनडीआरएफद्वारा राहत सामग्री वितरण News Polar धनकुटाको विद्यालयमा सुनिल शर्माको पाँच करोड सहयोग, १ सय जनालाई केएमसीमा निःशुल्क उपचार गर्ने News Polar भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान News Polar बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त News Polar समाज कल्याण परिषद्को स्थापना दिवसमा मन्त्री बादीको शुभकामना News Polar भोटेकोशी बाढीपछि नुवाकोट : भग्नावशेषबीच फर्किंदै गरेको दैनिकी-फोटो फिचर News Polar मलेसियामा नेपाली श्रमिकमाथिको सिन्डिकेट हटाउन प्रधानमन्त्री शाहको पहल News Polar प्रारम्भिक मतदाता नामावली प्रकाशित, विवरण सच्याउन र दाबी–विरोधका लागि असोज १२ सम्मको म्याद News Polar प्रभु बैंकले ल्यायो ‘प्रभु प्रवासी समृद्धि योजना २०८३/८४’ News Polar नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी News Polar सिप्रदीको आधिकारिक सर्भिस सेन्टर जाल्पादेवी अटोवर्क्समा अब राति ९ बजेसम्म सेवा News Polar असोज ९ गतेदेखि भारी वर्षाको सम्भावना, राति अनावश्यक यात्रा नगर्न प्राधिकरणको आग्रह

डा धुर्कापानीको ‘दिनमा पनि रातमा पनि’ गीत सार्वजनिक

डा धुर्कापानीको ‘दिनमा पनि रातमा पनि’ गीत सार्वजनिक
अ+ अ-

काठमाडौँ । डा तारानाथ घिमिरे ‘धुर्कापानी’को गीत र वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारको स्वरसङ्गीतमा सिर्जित ‘दिनमा पनि रातमा पनि’ बोलको गीत सार्वजनिक भएको छ ।

डिआर सिर्जना संसारले आज आयोजना गरेको कार्यक्रममा ‘मदन पुरस्कार’ विजेता तथा वरिष्ठ कवि नवराज लम्सालले ती कृति सार्वजनिक गर्नुभएको हो ।

“यो गीत चोटहरुको सङ्ग्रह हो, संवेदनाले चेतनामा हिर्काउँदा सिर्जना हुने गीतसङ्गीत हो”, पाँच सयभन्दा बढी गीत लेखिसक्नुभएका गीतकार डा लम्सालले भन्नुभयो, “आफ्नो संवेदनलाई गीतमार्फत प्रस्तुत गरिएको भए पनि सिर्जनालाई सुन्दर मालामा उनेर सजाइएको छ ।”

अनुसन्धानकर्ता डा विष्णु दाहालले आफूले निकै लामो प्रयासपछि गीतलाई मूर्तरुप दिन सफल भएको अनुभव सुनाउनुभयो । “मानिसको म– मनमा बस्नका लागि निकै मेहनत गर्नुपर्‍यो”, उहाँले भन्नुभयो, “राम्रो सिर्जना तयार हुँदा खुसी छु ।”

त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस मानवशास्त्र विभागका उपप्राध्यापक तथा गीतकार डा विष्णु दाहालले मानिस बदलियो भने गीतसङ्गीतमार्फत प्रस्तुत गर्ने गरेको भए पनि समाज परिर्वतन भयो भने आत्मसात् गर्न कठिन भएको अनुभव सुनाउनुभयो ।

वरिष्ठ सङ्गीतकार राजु सिंहले सुगम सङ्गीतले दर्शक–स्रोतको मन तानिरहेको बताउनुभयो । “यो गीतमा शब्दको उच्चारण, विन्यास राम्रो छ, गीत प्रचारका लागि मात्रै होइन, नयाँ पुस्ताको शैलीमा केही कमजोर जस्तो देखिए पनि विषयवस्तु गहन देखिन्छ, जुन कुरा मानिसले भन्न सक्दैन, सिर्जनामार्फत ल्याउँछ, त्यो नै सिर्जना हो, गीत हो, साहित्य हो”, उहाँले भन्नुभयो ।

सङ्गीत रचना तथा गायनको अनुभूति वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारीले मानिसले व्यवहारमा भोगेका विषयलाई गीतमार्फत प्रस्तुत गरिएको बताउनुभयो । “सिर्जनाले मानिसको मन छुन सक्नुपर्छ”, उहाँले थप्नुभयो, “गीतका प्रत्येक शब्दले मानिसको हृदयमा छुन्छ ।”

त्रिवि रत्न राज्यलक्ष्मी क्याम्पसका उपप्राध्यापक तथा गीतकार डा गीता त्रिपाठीले भन्नुभयो, “गीतमा प्रेम पनि छ, सम्वेदना पनि गहिरो छ”, पवित्र आँशुले दु:ख पीर सबै धोएको छ ।”

त्रिवि पाटन संयुक्त क्याम्पस राजनीतिशास्त्र विभागका सहप्राध्यापक गीतकार डा तारानाथ घिमिरे धुुर्कापानीले आफ्ना भावनालाई गीतमामार्फत लेखेको बताउनुभयो । “प्रेम प्राप्तिपछि सकिन्छ, तर म प्राप्तिको कल्पनामा रमाउने सर्जक हुँ”, उहाँले भन्नुभयो, “सिर्जना कतिबेला केस्तो अवस्थामा बन्छ थाहा हुँदैन ।”

साहित्यकार तथा सञ्चारकर्मी हेम भण्डारीले डा धुर्कापानी जस्तो सुन्दर रचनालाई मूर्तरुप दिनु आफैँमा महत्वपूर्ण काम भएको र गीत साच्चै मानिसको हृदयलाई हुने खालको भएको बताउनुभयो । उहाँले भन्नुभयो, “डा धुर्कापानी साहित्य र सङ्गीत भनेपछि राबै काम छोडेर चुर्लुम्मै गुम्ने व्यक्तित्व हो ।”

इलाम जिल्लाको इलाम नगरपालिका तोरीबारीमा जन्मनुभएका डा धर्कापानी त्रिविका राजनीतिशास्त्रका सहप्राध्यापक हुनुहुन्छ । पाटन संयुक्त क्याम्पस राजनीतिशास्त्र विभागका विभागीय प्रमुख, लेखक वकिल, गीतकार, गजलकारसमेत हुनुहुन्छ । वियोगान्त परिवेशलाई विशिष्ट लय प्रदान गर्नु उहाँको गीति लेखनको विशेषता बन्न पुगेको छ । गीतमा भनिएको छ–

‘दिनमा पनि रातमा पनि कति रुनु रुन पनि
मनको पीर आँसुले कति धुनु धुन पनि’