१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक



अ+ अ-

काठमाडौ । गायक तथा अभिनेता प्रकाश सपुतले आगामी तीजलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘नाइँ भनेसी नाइँ’ नामको गीत सार्वजनिक गरेका हुन् ।

गएराति युट्युबमा सार्वजनिक यो गीतको कथानक भिडिओमा रेखा थापा, सिम्रन खड्का, संजोग रसाईलीलगायतको अभिनय छ । प्रकाश स्वयम्ले पनि यसमा अभिनय गरेका छन् ।

‘बदला बरिलै २’ का रूपमा सार्वजनिक गीतमा पछिल्लो पुस्ताका दुई चर्चित गायिका समीक्षा अधिकारी र एलिना चौहानले स्वर दिएका छन् ।

यसमा शब्द तथा संगीत प्रकाशको छ भने संगीत संयोजनको काम श्यामश्वेत रसाईलीले गरेका हुन् ।

प्रकाशले तीज कोसेलीका रूपमा यो गीत ल्याएका हुन् ।