काठमाडौ । गायक तथा अभिनेता प्रकाश सपुतले आगामी तीजलाई लक्षित गरेर नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘नाइँ भनेसी नाइँ’ नामको गीत सार्वजनिक गरेका हुन् ।
गएराति युट्युबमा सार्वजनिक यो गीतको कथानक भिडिओमा रेखा थापा, सिम्रन खड्का, संजोग रसाईलीलगायतको अभिनय छ । प्रकाश स्वयम्ले पनि यसमा अभिनय गरेका छन् ।
‘बदला बरिलै २’ का रूपमा सार्वजनिक गीतमा पछिल्लो पुस्ताका दुई चर्चित गायिका समीक्षा अधिकारी र एलिना चौहानले स्वर दिएका छन् ।
यसमा शब्द तथा संगीत प्रकाशको छ भने संगीत संयोजनको काम श्यामश्वेत रसाईलीले गरेका हुन् ।
प्रकाशले तीज कोसेलीका रूपमा यो गीत ल्याएका हुन् ।










