२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपामा चर्किएको आन्तरिक कलहबीच लिङदेनले गरे मिश्र निवासमा भेट- सम्बन्ध सुधारको संकेत



अ+ अ-

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको भैँसेपाटीस्थित निवासमा पुगेर मिश्रकी आमासँग भेट गरेका छन्।

डिमेन्सिया रोगबाट पीडित आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गरिएको यो भेट मानवीय भावनाले प्रेरित भए पनि पार्टीभित्रको हालको राजनीतिक अवस्थामा यसको व्यापक सन्दर्भ जोडिएको छ।

हाल राप्रपाभित्र अध्यक्ष लिङदेन नेतृत्वको संस्थापन पक्ष र महामन्त्री डा. धवलशमशेर राणा नेतृत्वको असन्तुष्ट समूहबीच मतभेद गहिरिँदो छ। यस्तै समयमा ‘न्यूट्रल’ रूपमा रहँदै आएका मिश्रको घरमा लिङदेनको उपस्थिति सामरिक सन्देश बोकेको मानिएको छ। स्रोतहरूका अनुसार यो भेट पारिवारिक सरोकारमा केन्द्रित भए पनि यसको राजनीतिक संकेत नकार्न सकिन्न।

अध्यक्ष लिङदेनसँगै बाग्मती प्रदेश सांसद लक्ष्मी घिमिरे र पार्टीका सहमहामन्त्री अमृत पुडासैनी पनि मिश्र निवास पुगेका थिए। मिश्रले आमालाई अध्यक्षसँग चिनाउने प्रयास गरे पनि डिमेन्सियाका कारण उनले छोरालाई समेत कहिलेकाहीँ नचिन्ने अवस्थामा छन्।

स्रोतले जनाएकोअनुसार मिश्रको घर जान लिङदेनको योजना पहिल्यै बनेको थियो, तर समय अभावका कारण अहिलेसम्म सम्भव भएको थिएन। मिश्र भने प्रहरी हिरासतबाट निस्किएयता सार्वजनिक रूपमा सक्रिय छैनन् र पार्टीभित्र चलिरहेको गुटबन्दीबारे मौनता अपनाइरहेका छन्। उनको यही तटस्थ भूमिका आगामी महाधिवेशनमा निर्णायक बन्नसक्ने अनुमान गरिएको छ।

राप्रपाको आगामी नेतृत्व चयनको सन्दर्भमा मिश्र कुन पक्षमा उभिन्छन् भन्ने चासो बढेको छ। यद्यपि अहिलेसम्म उनले कुनै पदमा रुचि देखाएका छैनन्। राजनीतिक विश्लेषकहरूका अनुसार यो भेटले पार्टीभित्र लचिलो संवादको सुरुआत हुनसक्ने संकेत दिएको छ।

समग्रमा, मानवीय संवेदना प्रधान देखिएको यो भेटले राप्रपाभित्रको तिक्तता घटाउने र विश्वासको पुल निर्माण गर्ने सम्भावना बोकेको आकलन गरिएको छ।




भर्खरै