२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना सङ्क्रमणको उच्च जोखिममा ‘नेपाल’



अ+ अ-

काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको सङ्क्रमण यसै महिनाको अन्तिमदेखि साउनको पहिलो सातासम्म उच्च हुन सक्ने भन्दै सतर्कताका लागि आह्वान गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा आबद्ध चिकित्सकले असुरक्षित आवागमन र सर्वसाधारणले स्वास्थ्य सतर्कताप्रति गम्भीर नहुँदा कोरोना सङ्क्रमण जोखिम उच्च हुने आँकलन गरिएको बताएका हुन् । सीसीएमसीमा आबद्ध नेपाली सेनाका डा. नवीन फुयालले आगामी साउनको सुरुसम्म कोरोना सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै जाने देखिएको बताए । परीक्षणको दायरा फराकिलो पारिएको साथै असुरक्षित आवागमनका कारण सङ्क्रमण गुणात्मक रूपमा फैलिन सक्ने बताइएको छ ।

“त्यस्तो अवस्थालाई ‘भयावह’ भन्न त नमिल्ला,’’ उनले थप्दै भने, “महामारी सरकारको नियन्त्रणमै हुने छ । सम्भावित चुनौतीको सामना गर्न आवश्यक कार्ययोजना र तयारीका सम्बन्धमा सरकारलाई सुझावसमेत पेस गरिसकेको छ । ” चिकित्सकको अध्ययनले साउनसम्ममा कोरोना सङ्क्रमण उच्च तहमा पुग्ने अनुमान गरेको छ । महामारीलाई सरकारको नियन्त्रणबाहिर जान नदिन अहिलेदेखि नै उच्च तयारी अपनाउनुपर्ने अवस्था सिर्जना भएको सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बुधबार समसामयिक विषयमा आयोजित पत्रकार सम्मेलनमा डा. फुयालले अनावश्यक पीसीआर परीक्षण रोक्नसमेत सुझाव दिएको बताए । सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका र लक्षण देखिएकाको मात्र पीसीआर परीक्षण गर्नुपर्ने अवस्था आएको छ । अनावश्यक परीक्षणले किट खर्च हुनुका साथै परीक्षणमा चाप बढेको भनाइ स्वास्थ्यकर्मीको छ ।
सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले कोभिड–१९ नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव नहुने बताए । नेपाली सेनाले चीनबाट खरिद गरी ल्याउने भनेको ३४३ टन स्वास्थ्य सामग्री आउने क्रम जारी छ । यसमा ६८ किसिमका सामग्री छन् । गोरखापत्र दैनिक