३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद महासंघको निष्कर्ष: एमाले नेतृत्वमा अध्यक्ष ओलीको विकल्प छैन



अ+ अ-

काठमाडाैं । नेकपा एमालेको जनसंगठन नेपाल खेलकुद महासंघको नवौँ केन्द्रीय पदाधिकारी बैठकले एमाले नेतृत्वमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको निष्कर्ष निकालेको छ ।

महासंघको केन्द्रीय कार्यलय मध्यबानेश्वरमा बसेको केन्द्रीय पदाधिकारी बैठकले  ‘समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न  केपी ओलीकै नेतृत्व आवश्यक भएकाे निष्कर्ष निकालेकाे हाे । समकालीन नेपाली राजनीति एमाले बिना र एमाले नेतृत्व ओली बिना पूरा नहुने भन्दै पार्टीको नवौँ केन्द्रीय बैठकले जारी गरेको अन्तरपार्टी निर्देशनलाई अनिवार्य कार्यान्वयन गर्न तल्लो तहसम्म सर्कुलर गर्ने निर्णय बैठकले गरेकाे छ ।

महासङ्घको अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय खेलकुद ऐन सम्बन्धमा महासङ्घको धारणा निर्माण गर्न उपाध्यक्ष धर्मकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्सीय अध्ययन उप-समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले महासंघको दोस्रो केन्द्रीय सचिवालय बैठक भदौ २२ गते काठमाडौंमा र पाँचौ केन्द्रीय कमिटी बैठक भदौ १३ गते काठमाडाैंमा नै गर्ने निर्णय गरेको महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले जानकारी दिनु भयो ।

सुवेदीले बैठकले महासंघ स्थापना  दिवसको अवसर पारेर मङ्सिर १४ गते विभिन्न घटक खेल संघको आयोजनामा बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने एवम् सम्पूर्ण मातहतका कमिटीलाई अनिवार्य रूपमा न्यूनतम एक खेलकुद प्रतियोगिता आयोजना गर्न निर्देशन दिइएको जानकारी  दिनुभयाे ।

महासंघका अध्यक्ष बस्नेतले केन्द्रीय पदाधिकारी बैठक पश्चात् महासंघ पदाधिकारी, एमाले केन्द्रीय कमिटी सदस्य तथा महासंघ इञ्चार्ज जगन्नाथ  थपलिया र बागमती अध्यक्ष कैलाश ढुङ्गेल सम्मिलित टोलीले बैठकका निर्णयहरू र महासंघका गतिविधि सम्बन्धका विषयहरू बारेमा एमाले अध्यक्ष ओलीलाई जानकारी गराएको बताउनु भयो ।