२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाली अदालतद्वारा पूर्वराष्ट्रपति युनलाई पक्राउ गर्न वारेन्ट जारी



तस्बिर : बीबीसी
अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाली अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई चुनावमा हस्तक्षेप गरेको आरोपमा सोधपुछको लागि पक्राउ गर्न वारेन्ट जारी गरेको छ ।

सियोल केन्द्रिय जिल्ला अदालतले जारी गरेको वारेन्ट युनकी श्रीमती किम केओन–ही संलग्न भ्रष्टाचार आरोपहरूको अनुसन्धानको नेतृत्व गर्ने स्वतन्त्र वकिल मिन जोङ–कीको टोलीले अनुरोध गरेको थियो ।

गत डिसेम्बरमा छोटो समयको मार्शल ल लागू भएपछि विद्रोहको आरोपमा हिरासतमा लिइएका युनले सोधपुछको लागि उपस्थित हुन विशेष वकिलको आग्रहलाई दुई पटक अवज्ञा गरेका छन् ।

युनलाई २०२१ को राष्ट्रपतिको प्राइमरीमा आफ्नी श्रीमतीको स्टक मूल्य हेरफेरमा संलग्नताको बारेमा गलत बयान दिएको पनि आशंका गरिएको थियो । जुन चुनावी कानूनको उल्लङ्घन हो ।