२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनः ‘ल्याण्ड फिलिङ’का काम धमाधम, इआइए अन्तिम चरणमा News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने

अनुष्का शर्माको तीन वर्षपछि क्रिकेटरका रुपमा कमब्याक

अनुष्का शर्माको तीन वर्षपछि क्रिकेटरका रुपमा कमब्याक
अ अ+ अ-

भारतीय क्रिकेटर विराट कोहलीपछि उनकी श्रीमती अनुष्का शर्मा पनि क्रिकेट मैदानमा प्रवेश गरेकी छन् । अचम्म नमान्नुहोस्, बलिउड अभिनेत्री अनुष्का शर्माले तीन वर्षपछि कमब्याक र ओटीटी डेब्यु गर्न लागेकी छिन् । उनको आगामी फिल्मको औपचारिक घोषणा भइसकेको छ । अनुष्का शर्माको आगामी फिल्मको नाम ‘चकदा एक्सप्रेस’ हो । यो नेटफ्लिक्समा रिलिज हुँदैछ ।

‘चकडदा एक्सप्रेस’ बायोपिक हो । यो फिल्म भारतीय महिला क्रिकेटकी पूर्व कप्तान झुलन गोस्वामीमा आधारित छ । अनुष्का शर्मा ‘चकडदा एक्सप्रेस’ मा झुलन गोस्वामीको भूमिकामा देखिनेछिन् । निर्माताहरूले ‘चकदा एक्सप्रेस’ को टिजर भिडियो पनि जारी गरेका छन् जसमा अनुष्काको फर्स्ट लुक देखिन्छ।

यो टिजर भिडियो क्रिकेट मैदानबाट सुरु हुन्छ। भारत र अष्ट्रेलियाबीचको खेल हुँदैछ । अवस्था यस्तो छ कि महिला क्रिकेट टोलीसँग आफ्नै जर्सी पनि छैन । यसैबीच महिला क्रिकेटमा मानिसहरूको चासो पनि छैन, जसका कारण मैदान पूर्णरूपमा खाली छ।

झुलन गोस्वामीको भूमिकामा अनुष्का शर्मा भन्छिन्, “जब जर्सी आफ्नै नाम होइन भने फ्यानले कुन नामलाई फलो गर्ने हो तर चिन्ता नगर्नुस् आज जर्सीमा आफ्नो नाम बनाउनुभयो भने भोलि आफ्नो पहिचान पनि बनाउनुहुनेछ ।” ‘चकदा एक्सप्रेस’ लाई प्रोसित रोयले निर्देशन गरेका हुन् । फिल्मलाई कर्णेश शर्माले निर्माण गर्दैछन् । यो कथा अभिषेक बनर्जीले लेखेका हुन् । अनुष्काले यसअघि प्रोसित रोयसँग फिल्म ‘परी’ मा काम गरिसकेकी छिन् । 

अनुष्का शर्माले तीन वर्षपछि पुनरागमन गर्दै लामो र फराकिलो पोस्ट सेयर गरेकी छन् । उनले ‘चकदा एक्सप्रेस’ आफ्नो लागि किन महत्त्वपूर्ण फिल्म भएको बताइन् । अनुष्काले यो कथा बलिदानको कथा भएको बताइन् । झुलन गोस्वामीको जीवनले सबैलाई प्रेरणा दिन्छ। ‘चकदा एक्सप्रेस’ ले पूर्व महिला क्रिकेट कप्तानको जोश र सङ्घर्षलाई देखाउनेछ ।

को हुन् झुलन गोस्वामी ?

झुलन गोस्वामी भारतीय क्रिकेट जगत्को ठूलो नाम हो । उनी भारतीय महिला क्रिकेट टोलीको पूर्व कप्तान थिइन् र उनलाई भारतको सबैभन्दा तेज बलरको रूपमा चिनिन्छ। अहिले झुलनले सन्न्यास लिइसकेकी छिन् तर उनले सबै कीर्तिमान यसरी छोडेकी छिन् कि यसलाई तोड्नु विश्वभरका खेलाडीका लागि कठिन काम हुनेछ ।

हल्लाको अन्त्य गरिन् अनुष्काले 

झूलन गोस्वामीको बायोपिकमा धेरै वर्षदेखि काम भइरहेको छ तर अभिनेत्रीको नामको बारेमा आधिकारिक घोषणा गरिएको छैन। केही समयअघि अनुष्का शर्माले ‘चकदा एक्सप्रेस’ छाडेको खबर आएको थियो । उनको स्थानमा ‘बुलबुल’ फेम तृप्ती डिमरीलाई दिइएको छ । अब सबै हल्लाको अन्त्य गर्दै अनुष्का शर्माले सन् २०२२ को ठूलो फिल्मको घोषणा गरेकी छिन् ।