२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपुरका थप दुई जनामा कोरोना संक्रमण



अ+ अ-

चितवन । भरतपुरको कोभिड–१९ प्रयोगशालामा भएको परीक्षणमा नवलपुरको देवचुली नगरपालिकाका थप दुई जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले शुक्रबार बिहान सूचना निकालेर यसको जानकारी गराएको हो ।

उनीहरू देवचुलीका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै युवक जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा रहेका थिए । जेठ १४ गते भएको नमुना परीक्षणमा उनीहरूलाई संक्रमण देखिएको हो । त्यस दिन ७१ वटा नमुना परीक्षण भएका थिए ।

यससहित चितवनमा १७ सय ५ वटा नमुना परीक्षण भएका छ । जसमध्ये १० जनामा संक्रमण भेटिएको छ । चार जना देवचुलीकै छन् । कुल संक्रमितमा नवलपुरका पाँच र चितवनका पाँच जना छन् । चितवनका दुई जना निको भएर फर्केका छन् । कान्तिपुर दैनिक