२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान



अ+ अ-

आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहले संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने भएकोे छ । अर्थमन्त्री डा। युवराज खतिवडाले बिहीबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सोको जानकारी दिनुभएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा यो रकम उपलब्ध गराइने पनि अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए । जनसंख्या, क्षेत्रफल र मानव विकास सूचकका आधारमा राजस्व बाँडफाँडतर्फ गरिएको हो । सो अनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् । यो रकम तल्लो तहका सरकारले आफ्नो बजेटमा समावेश गरी जुनसुकै कार्यक्रममा समेत खर्च गर्न सक्छन् ।

अर्थमन्त्रीका अनुसार आगामी आवमा ससर्त अनुदानतर्फ भने प्रदेशले ३६ अर्ब ३५ अर्ब र स्थानीय तहले १ खर्ब ६१ अर्ब ८ करोड पाउनेछन् । यो रकम भने केन्द्रबाट सञ्चालित कार्यक्रम, कर्मचारीको तलब तथा तोकिएको आयोजना र कार्यक्रममा मात्र खर्च हुन्छ । प्रदेश र स्थानीय तहले केन्द्रीय सरकारबाट चार प्रकारका अनुदान पाउने कानुनी व्यवस्था छ । जसमा वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, विशेष अनुदान र ससर्त अनुदान छन् । हाल सरकारले वित्तीय समानीकरण अनुदान र ससर्त अनुदानको सिलिङ तोकेको हो । स्थानीय निकाय रहेका बेला स्थानीय निकायलाई सरकारले ससर्त र निःसर्त अनुदान दिने व्यवस्था थियो । तर, हाल विगतमा जस्तो निःसर्त अनुदानको व्यवस्था गरिएको छैन ।

त्यसै गरी आगामी आवमा राजस्व बाँडफाँटबाट भने तल्लो सरकारमा १ खर्ब २२ अर्ब १४ करोड रुपियाँ पाउने भएका छन् । आगामी आर्थिक वर्षमा ससर्त र समपूरक अनुदानमा भने क्रमशः ९ अर्ब रुपियाँ र ९ अर्ब ९७ करोड रुपियाँ विनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ । यस वर्ष सरकारले ससर्त अनुदानलाई बढाएको अर्थमन्त्री डा. खतिवडाले जानकारी दिए ।

सांसद विकास कोषको रकम घट्यो

सरकारले स्थानीय विकास साझेदारी कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । तर, अघिल्ला वर्षको तुलनामा बजेट भने घटेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि बजेट प्रस्तुत गर्दै यस कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो । चालू आर्थिक वर्षका लागि सरकारले संघीय संसद् निर्वाचन क्षेत्रका लागि ६ करोड रुपियाँका दरले बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि भने ६ अर्ब ६० करोड बजेट छुट्याइएको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । यो चालू आर्थिक वर्षको तुलनामा ३ अर्ब ३० करोड रुपियाँले कम हो । सरकारले चालू आर्थिक वर्षमा यस कार्यक्रमका लागि ९ अर्ब ९० करोड रुपियाँ विनियोजन गरेको थियो । अर्थविद् तथा कतिपय सांसदहरूकै समेत विरोधका बीच सरकारले यस कार्यक्रमलाई निरन्तरता दिएको हो ।

कर्मचारीको निःशुल्क कोरोना बीमा
सरकारले अस्थायी र करारलगायत सबै राष्ट्रसेवक कर्मचारीको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीको १ लाख रुपियाँसम्मको कोरोना बीमा निःशुल्क गरिदिने जानकारी दिए । बीमा समितिले १ हजार रुपियाँमा १ लाख रुपियाँको र ५ सय रुपियाँमा ५० हजार रुपियाँको कोराना बीमा गर्न सकिने व्यवस्था बनाएको छ । परिवारकै बीमा गर्ने हो भने १ लाख रुपियाँका लागि ६ सय रुपियाँ र ५० हजार रुपियाँका लागि ३ सय रुपियाँ तिर्नुपर्नेछ । बीमाको अवधि एक वर्ष हुनेछ ।

बीमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजेटिभ देखिएको अवस्थामा १ लाखको गरे १ लाख र ५० हजारको गरे ५० हजार रुपियाँ बीमा दाबी भुक्तानी हुनेछ । राष्ट्रसेवक कर्मचारीलाई निजी आवास निर्माण र उनीहरूका सन्ततीलाई उच्च शिक्षा अध्ययन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्थासमेत मिलाइएको छ । सार्वजनिक निकायमा कार्यरत सबै अस्थायी र करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा ल्याउन सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्री खतिवडाले बताए । नेपाल समाचारपत्र दैनिक