५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष अदालतका फैसलामा अख्तियारको असन्तुष्टि, सर्वोच्चम पुनरावेदन



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो । विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै, आयोगले घनश्याम दुवे, ठाकुरप्रसाद गुरौला, शक्तिप्रसाद सापकोटा, पुष्पा सापकोटाविरुद्ध विशेषमा दायर गरेको मुद्दामा सफाइ दिएको थियो । झुट्ठा सरुवा पत्रका आधारमा शिक्षक कायम गरी भ्रष्टाचार गरेको अभियोगमा मनकाकुमारी अवस्थी, नरबहादुर कुँवर, जयराज जोशीको मुद्दामा पनि विशेषले सफाइ दिएको थियो । सो मुद्दामा आयोगले पुन: पुनरावेदन गरेको छ ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अभियोगमा आयोगले दायर गरेको मुद्दामा चन्द्रसिंह लामा, सङ्गीता चौलागाई, माधवप्रसाद चौलागाईंलाई पनि विशेष अदालतले सफाइ दिएको थियो । निजहरुलाई गत जेठ २३ गते दिइएको सफाइ चित्त नबुझेको भन्दै आयोगले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले सम्राटबहादुर शाहविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले गत मङ्सिर ७ गते सफाइ दिएको थियो । प्रतिवादी महेश सिंह कठायत समेतको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेको भन्दै शुक्रबार पुनरावेदन गरेको छ ।

त्यस्तै, प्रतिवादी विनोदकुमार यादवविरुद्ध गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा दायर भएको मुद्दामा समेत विशेषले विसं २०८० फागुन ६ गते सफाइ दिएको थियो । सो फैसलामा समेत चित्त नबुझाई पुनरावेदन गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

प्रतिवादी परशुराम अधिकारी, सीताराम पोखरेल, ताराप्रसाद जोशी र प्रसाराम भुसाल, भक्तरत्न तुलाधर, शशी तुलाधर, रानु तुलाधर र दिव्य तुलाधरविरुद्ध दायर भएको मुद्दामा २०८० माघ ७ गते सफाइ दिएको थियो । सो फैसलाविरुद्ध आयोग शुक्रबार सर्वोच्च अदालत पुगेको हो ।

प्रतिवादी नारायणप्रसाद पौडेल लगायतको मुद्दामा समेत विशेषले गत मङ्सिर ७ मा सफाइ दिएको थियो । सो मुद्दामा पनि आयोगले शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो । यस्तै, सरकारी रकमको हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद, पुष्पराज सिग्देल विरुद्धको मुद्दामा पनि विशेषले विसं २०८० पुस १८ गते सफाइ दिएको थियो । सो सफाइमा चित्त नबुझेको भन्दै आयोगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।

ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने क्षतिपूर्ति लगायतका मुद्दामा सहजीकरण गरिदिने भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोककुमार यादवले र २० हजार घूस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको हो ।

आयोगको महोत्तरी कार्यालयबाट गएको टोलीले नासु यादवलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस