९ पुष २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनको एक्सन: एमालेलाई एक लाख रुपैयाँ जरिवाना



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।

शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गराएको हो ।

महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र एमालेलाई पठाएको छ ।

फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।

हेर्नुहोस् महानगरको पत्र