२५ भाद्र २०८३, बिहीबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

१०० वर्ष पुरानो केक अझै ताजा छ, तपाईंलाई समेत खान मन लाग्नेछ !



अ+ अ-

एजेन्सी । केकको नाम सुन्ने बित्तिकै तपाईंको मुखमा पानी आउन थाल्छ । अनि किन नहोस्, केक यति स्वादिष्ट हुन्छ कि तपाईं यसलाई खानबाट रोक्न सक्नुहुन्न । तर आज हामीले कुरा गरिरहेको केक १०० वर्ष पुरानो हो ।

यो सुनेर तपाईं छक्क पर्नुहोला, यसमा अचम्म मान्नु पर्ने केही छैन, अवश्य पनि यो केक १०० वर्ष पुरानो हो तर तपाईं अझै पनि यसलाई खान सक्नुहुन्छ किनभने यो अझै पनि ताजा छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो केक लगभग १०० वर्ष पुरानो हो र अन्टार्कटिकामा फेला परेको थियो । बेलायती अन्वेषक रोबर्ट फाल्कन स्कटले यसलाई १९१०–१९१३ को बीचमा बेलायतबाट अन्टार्कटिकामा ल्याएको बताइन्छ ।

केक त्यसबेलादेखि नै त्यहीं रह्यो र हालसालै पूर्वी अन्टार्कटिकाको केप अडारेको एउटा झुपडीमा फेला परेको थियो ।

यो केक आज पनि ताजा हुनुको कारण अन्टार्कटिकाको हावापानी हो जुन धेरै चिसो र सुख्खा छ ।

भनिन्छ कि यो केक त्यतिबेला मानिसहरूको सबैभन्दा मनपर्ने केक थियो ।