एजेन्सी । केकको नाम सुन्ने बित्तिकै तपाईंको मुखमा पानी आउन थाल्छ । अनि किन नहोस्, केक यति स्वादिष्ट हुन्छ कि तपाईं यसलाई खानबाट रोक्न सक्नुहुन्न । तर आज हामीले कुरा गरिरहेको केक १०० वर्ष पुरानो हो ।
यो सुनेर तपाईं छक्क पर्नुहोला, यसमा अचम्म मान्नु पर्ने केही छैन, अवश्य पनि यो केक १०० वर्ष पुरानो हो तर तपाईं अझै पनि यसलाई खान सक्नुहुन्छ किनभने यो अझै पनि ताजा छ ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको यो केक लगभग १०० वर्ष पुरानो हो र अन्टार्कटिकामा फेला परेको थियो । बेलायती अन्वेषक रोबर्ट फाल्कन स्कटले यसलाई १९१०–१९१३ को बीचमा बेलायतबाट अन्टार्कटिकामा ल्याएको बताइन्छ ।
केक त्यसबेलादेखि नै त्यहीं रह्यो र हालसालै पूर्वी अन्टार्कटिकाको केप अडारेको एउटा झुपडीमा फेला परेको थियो ।
यो केक आज पनि ताजा हुनुको कारण अन्टार्कटिकाको हावापानी हो जुन धेरै चिसो र सुख्खा छ ।
भनिन्छ कि यो केक त्यतिबेला मानिसहरूको सबैभन्दा मनपर्ने केक थियो ।










