१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित

बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा

बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा
अ अ+ अ-

तम्घास । गुल्मीको रुरुक्षेत्र गाउँपालिका– ५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाउनुभएको छ । आलु खेती उहाँको पुख्र्यौली पेशा हो । गतवर्ष उहाँले ६० क्विन्टल आलु बिक्री गर्नुभयो । जसबाट डेढ लाख आम्दानी भयो । 

“उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराइका जिल्लामा बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “यो वर्ष उत्पादन घटेर ४५ क्विन्टल हुने अनुमान छ ।” टाहाटिमको जग्गा पनि आलु खेतीलाई उपयुक्त भएकोले पुख्र्यौली पेशालाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । अहिलेको मौसममा आलु लगाए पनि अरु बेला मौसम अनुसारका तरकारी खेती  लगाउने  उहाँले यसबाट वार्षिक ५० हजार आम्दानी गर्नुहुन्छ । त्यस्तै उहाँले गाईपालन पनि गर्नुभएको छ । जसबाट परिवारलाई पुग्ने आम्दानी गाउँमै भएको उहाँ बताउनुहुन्छ । “अहिले आलु, त्यसपछि तरकारी र १२ महिना दूध बिक्रीबाट आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “आफ्नै गाउँमा स्वरोजगार भएको छु ।” अहिले आलु खेतीको लागि स्मार्ट कृषि गाउँ आलुखेती कार्यक्रम सञ्चालन भएको छ । जसबाट बीउ तथा मेसिनमा अनुदान पाउँदा उहाँको हौसला बढेको छ । 

सोही ठाउँकै राधिका गिरीले पाँच रोपनी जग्गामा आलु लगाएर गत वर्ष १५ क्विन्टल बिक्री गर्नुभयो । उत्पादन भएको आलु पैँचो पसलमा प्रति किलो रु २० देखि ३७ सम्ममा बिक्री हुन्छ । अन्य समयमा सोही जग्गामा सिमी, गोलभेँडा, काउलीलगायतका मौसमअनुसारका तरकारी लगाइन्छ ।  यसले घरखर्च चलाउन सहयोग पुगेको उहाँको भनाइ छ ।

“आलु र तरकारी खेतीले घरखर्च चलेको छ”, उहाँले भन्नुभयो, “अहिले खनेको आलु सबै बीउको लागि प्रयोग हुन्छ ।” गतवर्ष आलुको बीउ प्रतिकिलो रु १८० परेकोमा अहिले स्मार्ट कृषि गाउँ लागू भएपछि अनुदानले गर्दा ७० देखि ८० मा पाइएको थियो । 

मूल्य र डढेलोको समस्या 

मेघराज र राधिका त आलुखेती गर्ने यो गाउँका उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । उहाँहरुजस्तै बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा सक्रिय छ । बम्घामा आलुखेतीको लागि उपयुक्त जग्गा रहेकोले पनि किसान यसतर्फ आकर्षित भएका हुन् । स्मार्ट कृषि गाउँअन्तर्गत ६० परिवार व्यावसायिक आलु खेतीमै जोडिएका छन् जसबाट उनीहरु मनग्य आम्दानीतर्फ उन्मुख भएको स्मार्ट कृषि गाउँका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

व्यावसायिक आलु खेती गर्ने किसानमा आलुको मुख्य समस्या भनेको डढेलो रोगको हो । अनुदानले गर्दा आलुको बीउ कम मूल्यमा पाइए पनि खर्चअनुसारको उत्पादित आलुको मूल्य नपरेको कार्यक्रमका सचिव एवं किसान मेघराज गिरीले बताउनुभयो । “बजारमा रु एक सयसम्म आलुको मूल्य पर्छ”, उहाँले भन्नुभयो, “यहाँबाट औसतमा ३० प्रतिकिलोमा बिक्री हुन्छ, बीचको मूल्य व्यापारीको हातमा पर्छ ।” त्यसका साथै डढेलोले आलुको उत्पादन घटेकोले सहयोग गरिदिन कार्यालयलाई अनुरोध गर्नुभयो । 

रुरुक्षेत्र गाउँपालिकाको बम्घाबाट गत वर्ष मात्रै कूल ९८ मेट्रिक टन आलु बिक्री भएको छ । गत वर्षबाटै बम्घामा ६० लाखको लागतमा ‘स्मार्ट कृषि गाउँ बम्घा टाहाटिम आलु र तरकारी पकेट समूह’ कार्यक्रम लागू भएको छ । यस कार्यक्रममा ६० परिवारका चार सय नगारिक लाभान्वित छन् । जसमा गत वर्ष लुम्बिनी प्रदेश सरकारको ५० लाख र पालिकाको १० लाखमा आलु र तरकारी खेतीसम्बन्धी विभिन्न काम भएका छन् ।

 यो वर्ष पनि कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारको ३७ लाख ५० हजार र पालिकाको ११ लाख २५ हजार विनियोजन भएको छ । विनियोजित रकमबाट किसानलाई बीउ, औजार, विषादी लगायतका सामग्रीमा ८५ प्रतिशतसम्म अनुदान दिइने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरि आचार्यले जानकारी दिनुभयो ।

 त्यसका साथै बिक्री नभएको आलु सङ्कलनका लागि सङ्कलन केन्द्र पनि बनाइएको छ । जहाँ अहिले खनेको आलु असारसम्म भण्डारण गर्न सकिन्छ । 

‘बीउ मात्रै उत्पादन गर्नु’

कृषि अधिकृत आचार्यले किसानलाई आलुको बीउ मात्रै उत्पादन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बीउको लागि उत्पादित आलु ज्ञान केन्द्रले तोकेको मूल्यमा बिक्री हुन्छ ।” गतवर्ष सोही ठाउँबाटै ५५ क्विन्टल बीउ खरिद गरेको उहाँले सुनाउनुभयो । डढेलोको विषादीको लागि यो वर्ष कार्यक्रममा समेटिएको छ । (रासस, हुमाकान्त पोखरेल)