८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

मिडिया काउन्सिल विधेयक पुन:लेखन गर्न सरोकारवालाको आग्रह

मिडिया काउन्सिल विधेयक पुन:लेखन गर्न सरोकारवालाको आग्रह
अ+ अ-

काठमाडौँ । मिडिया काउन्सिलसम्बन्धी विधेयकमा प्रश्तावित व्यवस्थमाहरुप्रति सरकारवालाहरुले आपत्ति जनाएका छन् ।

मंगलवार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथिको छलफलमा भाग लिँदै सरोकालाहरुले आपत्ति जनाएका हुन् । विधेयकमा स्पष्टता, स्वतन्त्रता र उत्तरदायित्वको खाका नमिलेकाले यसलाई पुनः लेखन गर्नुपर्ने उनीहरुको माग छ । छलफल बोल्दै गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले मिडियालाई नियन्त्रण गर्ने नभई मर्यादित र समाजप्रति उत्तरदायी बनाउने सोचबाट विधेयक निर्देशित हुनुपर्ने बताउनु भयो । अहिले रहेको प्रेस काउन्सिल एउटा सरकारी अडडको प्रवृत्तिभन्दा पर जान नसकेको उल्लेख गर्दै उहाँले यस्तो प्रवृत्ति दोहोरिन नदिन विधेयकलाई थप समृद्ध बनाउन सुझाव दिनुभयो । उहाँले विगतमा मिडिया क्षेत्रलाई उत्तरदायी र मर्र्यादित बनाउन विकास गरिएको प्रेस काउन्सिल नेपाललाई सरकारले मिडियालाई नियन्त्रण गर्ने हतियारको रुपमा प्रयोग गर्ने गरेको आरोप समेत लगाउनु भयो । उहाँले मिडियालाई नियन्त्रण नभई मर्यादित बनाउनको लागि ऐन निर्माण भइरहेको कुुरालाई गम्भीर रुपमा लिन समेत सांसदहरुको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुुभयो, ‘पत्रकारितालाई जवाफदेही र मर्यादित बनाउने सोचबाट निर्देशित भएर प्रेस काउन्सिल नेपालको विकास भयो । मिडियालाई कसरी समाजप्रति उत्तरदायी र मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा एउटा अध्ययन भएको छ । त्यही शिलशिलामा काउन्सिलको विकास भएको हो । नेपालको सन्दर्भमा हामीले प्रेस काउन्सिललाई कस्तो सोचका साथ अगाडि बढाउनुपर्छ भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो । हामीले मिडियालाई नियन्त्रण गर्ने सोच हो कि यसलाई मर्यादित र जवाफदेही बनाउने सोचबाट हामी निर्देशित भएर काउन्सिलको विकास गरिरहेका छौं भन्ने कुरामा माननीय सदस्यहरु नै क्लियर हुन आवश्यक छ । विधेयकमा अभैm पनि हतार गर्नुपर्ने अवस्था छैन । विधेयकलाई थप समृद्ध बनाउनको लागि अझै पनि समय लिएर बहस र छलफल गर्नुपर्छ । विगतमा प्रेस काउन्सिल नेपालको भूमिका र यसको नेतृत्वमा आएका पात्रहरुको प्रवृत्तिलाई हामीले हेर्यौं भने सरकारी अड्डाको अवस्थाबाट यो बाहिर जान सकेको अवस्था छैन । कतिपय अवस्थामा सरकारले मिडियालाई नियन्त्रण गर्ने हतियारको रुपमा काउन्सिललाई प्रयोग गर्न खोजेको जस्तो अवस्था हामीले पाउँछौं । यो उचित हैन ।’

न्युज एजेन्सी नेपपालका प्रवन्ध निर्देशक सविन धमलाले प्रश्तावित विधेयकमा काउन्सिलको प्रशासनिक, आर्थिक र संरचनात्मक स्वायत्ततामा नै स्पष्टता नरहेको भन्दै पुनःलेखनको माग गर्नुभयो । विधेयकमा मिडिया काउन्सिलको आर्थिक र सांगठनिक स्वायत्तता नै सुनिश्चित नगरिएको उल्लेख गर्दै उहाँले विधेयकलाई थप समृद्ध बनाउन समेत समितिको ध्यानाकर्षण गराउनु भयो । उहाँले काउन्सिललाई मिडियाको नियमन र अनुगमन मात्र नभई शैक्षिक तथा बौद्धिक गतिविधि गर्नसक्ने अधिकार दिनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले प्रेस स्वतन्त्रता र मिडियाको मर्यादालाई क्षति र्पुयाउने खालको कानुनी खाका बनाउनुको सट्टा मिडिया र नागरिक दुवैको हित सुनिश्चित हुने किसिमले विधेयक परिमार्जन गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो विधेयकलाई हेर्दाखेरी न नियामकजस्तो देखिन्छ न त सेवा प्रवाह गर्ने संस्था जस्तो नै देखिन्छ । नत विधेयकमा शैक्षिक तथा बोद्धिक क्रियाकलाप गर्ने अधिकार संस्थालाई प्रदान गर्ने जस्तो देखिन्छ । यो विधेयकले भेद नै छुट्याएको छैन । यो एउटा विधायिकी प्रक्रियाजस्तो मात्र देखिन्छ । मैले विधेयक नै पुनःलेखन गर्नुपर्छ भनेपछि बुँदाहरुमा जानु नै परेन समग्रम विधेयकमा विमतिका कुराहरु छन् । मिडिया काउन्सिलको काममा स्वायत्तता कस्तो हो ? आर्थिक स्वयत्तता कस्तो हो ? काउन्सिलको सांगठनिक संरचनाको स्वायत्तताको कुरा पनि विधेयकले स्पष्ट रुपमा भनेको छैन । यस्तै काउन्सिलहरु अरु पनि छन् नि । ती काउन्सिल जस्तो चाँही यो हुनुहँुदैन ? हुनुपर्छ नि । अर्को कुुरा, काउन्सिलले अन्य शैक्षिक तथा बौद्धिक गतविधि गर्न पाउने अधिकार पायो भने पो हामी अझै विस्तृत गरिकताले सोच्न सक्छौं । मेरो माननीयहरुलाई एउटा प्रश्न—मिडियाबाट जाने सूचना, समाचारको उपभोक्ता तपाईहरु पनि हो । यदि भोलिको दिनमा तपाईहरुलाई अन्याय परेको अवस्थामा यो विधेयक न्याय दिने खालको छ त ? यसले त फेरी प्रहरीकै साईबर ब्यूरोमा जान प्रेरित गर्छ । यदि काउन्सिललाई थप अधिकारसम्पन्न र व्यवस्थित बनाउन सकियो भने अहिले देखिएका धेरै मुद्दाहरु यसमा आउनसक्छन् ।’

हिमालय टेलिभिजनका सम्पादक राजेन्द्र बानियाँले प्रेस परिचय पत्रको दुरुपयोग भइरहेकोबारे समितिको ध्यानाकर्षण गराउनु भयो । सरकारी संस्थाबाट वितरण हुँदा समेत गैरपत्रकारले परिचय पत्र लिएर दुुरुपयोग गरिरहेको उल्लेख गर्दै राजनीतिक संयन्त्रको रुपमा विकास गर्न लागिएको काउन्सिलले यस्तो नगर्ने ग्यारेन्टी के हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले पत्रकार परिचय पत्र वितरणको व्यवस्थालाई थप स्पष्ट गर्न माग गर्नुभयो । उहाँले कसैले आफूविरुद्ध समाचार लेख्यो भनेर उजुरी हालेकै आधारमा निष्पक्षता छानविन नगरी मिडियामाथि प्रश्न उठाउने प्रवृत्तिको अन्त्य विधेयकले गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारमाध्यमले आचारसंहिता उल्लङ्घन गरेमा हुने कारबाही प्रक्रियालाई व्यापक सुधारको आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रेस परिचय पत्र हिजो सरकारी संयन्त्रले दिँदा त दुरुपयोग भएको थियो भने यो त राजनीतिक संयनत्र पो हो त । हामलिे बनाउन लागेको मिडिया काउन्सिल राजनीतिक संयन्त्र हो । त्यसकारण यो विषयमा एकदमै चिन्तित हुनुपर्छ जस्तो लाग्छ । कसैको बारेमा समाचार लेखेपछि मिडया काउन्सिलले स्पष्टिकरण माग्छ । त्यो पढ्ने क्षमता राख्दैन र क्षमायाचना गर्न भन्छ । के निवेदन हाल्ने मान्छे सदा सही र मिडिया सधैैं गलत हुनसक्छ ? त्यसकारण कारबाहीको प्रक्रियालाई थप परिस्कृत बनाएर लैजाऔँ भन्ने मेरो अनुरोध होे । अहिले त केही समाचार लेख्यो भने तिम्रो मिडियालाई कालोसूचीमा राख्ने भनेर धम्की आउँछन् । कारबाही सम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्न जरुरी छ ।’

छलफलमा सहभागि अधिकांश सरोकारवाला व्यक्तिहरुले मिडिया काउन्सिललाई नियन्त्रणमुखि नभई जवाफदेही र मर्यादित बनाउन जोड दिनुयो । काउन्सिललाई सरकार मातहत नभई स्वतन्त्र निकायको रुपमा विकास गर्नुपर्नेमा उनीहरुको जोड छ ।