१ भाद्र २०८३, सोमबार
,
Latest
जलविद्युत क्षेत्रमा देखिँदै आएको ‘लाइसेन्स राज’को अन्त्य गर्छौंः मन्त्री श्रेष्ठ राष्ट्रिय सभाको शुन्य समयः रास्वपा सांसद सुनारलाई कारबाही गर्न माग बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव दवाडी बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ मा, पदाधिकारी मनोनयन गरिने संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती बर्दियामा बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा खुकुरी प्रहार गरी किशोरीको हत्या



सांकेतिक तस्बिर
अ+ अ-

जनकपुरधाम । जनकपुरधाम–४ स्थित एक डेरामा गएराति भएको खुकुरी आक्रमणमा एक किशोरीको मृत्यु भएको छ ।

मृतककी आमा र भतिजी गम्भीर घाइते भएका छन् । घटनामा संलग्न आरोपित फरार रहेको प्रहरीले बताएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहले जनकपुरधामस्थित स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा डेरा गरी बस्दै आएकी अञ्जलीकुमारी यादवको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटना राति करिव साढे ११ बजे भएको हो । प्रहरीकाअनुसार घटनास्थलमै अञ्जलीको ज्यान गएको थियो भने उनको आमा आशा देवी यादव र १४ वर्षीया भतिजी राधा यादव गम्भीर घाइते भएका छन् । दुवैलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

आरोपी साह यसअघि आफ्नै श्रीमतीको हत्या आरोपमा पाँच वर्ष जेल सजाय भोगी छुटेका व्यक्ति रहेको प्रहरी श्रोतले जनाएको छ । अहिले फरार रहेका आरोपी साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।