८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह

विधान संशोधनमा सुझाव दिन एमालेको आग्रह
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्तावमाथि आगामी भदौ १० गतेभित्र सुझाव दिन मातहतका कमिटीलाई आग्रह गरेको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जारी गर्नु भएको अन्तरपार्टी निर्देशन (अपानी–१२) मा केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरुले आफ्नो सुझाव लिखित रूपमा सो अवधिभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउनुपर्ने उल्लेख छ ।

अपानी–१२ मा मातहतका कमिटीबाट प्राप्त सुझाव उपर विधान महाधिवेशनपूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्यक निर्णय लिइने उल्लेख छ । आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने पार्टीको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । यी तीनै प्रतिवेदन पार्टीको सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा संशोधनसहित पारित गरिएको छ ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि पार्टीको विधान महाधिवेशनका प्रतिनिधि हुने वैधानिक व्यवस्था गरिएको अपानी–१२ मा उल्लेख छ । दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी नभएका र यसबीचमा केन्द्रीय कमिटी तथा निकायमा मनोनित भएका आयोजकको हैसियतमा विधान अधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष ओलीले जारी गर्नु भएको अपानी–१२ मा उल्लेख छ ।

अध्यक्ष ओलीले एमाले राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको उल्लेख गर्दै पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो रहेको बताउनु भएको छ ।

“वर्तमानमा हामी राष्ट्रिय राजनीतिको केन्द्र भागमा छौ र हाम्रो पार्टीको भविष्य अन्य पार्टीको तुलनामा निकै उज्यालो छ । तर हामीले यतिकैमा सन्तोष गरेर बस्नु हुँदैन,” अध्यक्ष ओलीले जारी गर्नु भएको अपानी–१२ मा भनिएको छ, “अब हाम्रो यात्रा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र राष्ट्रिय गन्तव्य पुरा गर्ने कुरामा केन्द्रित हुनुपर्दछ । जनप्रतिनिधिमूलक निकायको कामलाई थप प्रभावकारी बनाउन जोड दिनु आवश्यक छ । त्यसका लागि पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु पर्नेछ । ‘मिसन ८४’ सफल बनाउँदै पार्टीको नेतृत्वमा एकल बहुमतको सरकार निर्माण गर्नुछ ।”

एमालेको अपानीमा समग्रतामा पार्टीको सङ्गठनात्मक जीवन पहिलेको तुलनामा व्यवस्थित हुँदै गएको देखिएको उल्लेख गरिएको छ ।

“पार्टीका बैठक, कार्यक्रम र अभियानमा कार्यकर्ताको सहभागितामा बृद्धि हुँदै गएको छ । तर पार्टीको योजनाअनुरूप अझै पनि पार्टी कामलाई आधारभूत तहमा र जनसङ्गठनका कामलाई समुदायकेन्द्रित गर्न सकिएको छैन । नेपाली समुदायको बढ्दो उपस्थितिको सापेक्षतामा प्रवासको कामलाई अझै विस्तार गर्न सकिएको छैन ।

पार्टी निर्माणमा पार्टी नेतृत्व र कार्यकर्ताको स्वपरिचालनको अवस्थामा थप सुधार ल्याउनुपर्ने अवस्था देखिन्छ,” पार्टी अध्यक्ष ओलीले जारी अपानीमा भनिएको छ । पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन तथा ‘मिसन ८४’ सफल बनाउनका लागि पार्टीको सङ्गठनात्मक कामलाई थप सुधार गर्नु आवश्यक रहेको उल्लेख गरिएको छ ।

पार्टीले सचिवालय, पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकले गरेका महत्वपूर्ण निर्णय जानकारी तथा कार्यान्वयनका लागि अन्तरपार्टी निर्देशन– १२ जारी गरेको हो ।